यसरी सजिलै अध्ययनका लागि जान सकिन्छ क्यानडा, गोरेटो सबैभन्दा उपयुक्त माध्यम
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार १९:५४:७
२२ माघ, काठमाडौं। क्यानडा अध्ययनका लागि लक्षित गर्दै काठमाडौंमा शैक्षिक मेलाको आयोजना हुने भएको छ । मेलालाई क्यानडाको जर्जिएन कलेजका प्रतिनिधिहरूमध्ये अन्तर्राष्ट्रिय शिक्षा र विकास निर्देशक मिस स्टेफनी ब्यारी, दक्षिण एशिएन देशका प्रतिनिधि रोहन रावतले सम्बोधन गर्दैछन् ।
यी दुई परामर्शदाताबाट जर्जियन कलेजमा थप अध्ययनहरू सञ्चालन गर्ने सन्दर्भमा विभिन्न प्रकारका जिज्ञासाहरुलाई पनि सम्बोधन गर्ने बताइएको छ । मेलामा जर्जियन एट आइल्याक कलेजका क्षेत्रिय रिक्रुट्मेन्ट प्रबन्धक सौरभ पटेल र अन्तर्राष्ट्रिय विद्यार्थी सल्लाहकार रितिका मेहरोत्रा पनि उपस्थित हुनेछन् ।
क्यानडा अध्ययन जानकारीको सन्दर्भमा नेपालका तीन विश्वसनिय शैक्षिक परामर्श संस्थाहरु गोरेटो कन्सल्टेन्सी, इन्टरनेशनल करियर काउन्सिलिङ सेन्टर र पपुलर कन्सल्टेन्सीले नेपाली विद्यार्थीहरुलाई वन–स्टप शोलुसनु दिने उद्देश्य लिई क्यानडा स्थित जर्जियन कलेजसंग सहकार्य गरि मेलाको आयोजना गर्न लागिएको हो ।
जसमा क्यानाडाका शैक्षिक संस्थाहरूमा भविष्यमा हुने शैक्षिक कार्यक्रमहरुको सन्दर्भमा सबैभन्दा बढी खोजिने र अन्योलमा पार्ने विषयहरु, नेपाली विद्यार्थीहरुले क्यानडा अध्ययनको सिलसिलामा जानु पूर्व नेपालमा गर्नुपर्ने तयारी, उपयुक्त विषय छनोट, को–अप, पीआरको अवसर साथै पछिल्लो समय पि।टि।ई।का बारेमा चलेको भ्रमको यथार्थ बिश्लेषणको लागि पनि छुट्टै शत्र राखिने गोरेटोका प्रमुख परमर्शदाता धिरज कंडेलले बताए ।
कंडेलका अनुसार लामो समयसम्म क्यानडामा अन्तर्राष्ट्रिय विधार्थीहरुको कुल संख्यामा भारतबाट उच्च शिक्षा लिन जाने विधार्थीहरुको संख्या अत्याधिक भएपछि क्यानाडाले विविधता बढाउन अन्य देशको विधार्थीहरुलाई पनि प्राथमिकता दिइएको हो । क्यानाडाले नेपालसंगको सम्बन्ध अझै प्रगाढ बनाउन चाहिरहेको तथ्य पछिल्लो समय नेपाली विद्यार्थीहरुको भिषा सफलता संख्याबाट बुझ्न सकिने कँडेल बताउँछन् ।
फेब्रुअरी १० मा आयोजना हुने मेला कान्तिपथमा अवस्थित एल्लो प्यागोडा होटलमा बिहान ११ बजेदेखि ३ बजेसम्म चल्लेछ । जसमा तीन शैक्षिक परामर्शदाता संस्थाहरुका प्रतिनिधिहरु राम खड्का, धिरज कँडेल, सतिस भट्ट, अमित श्रेष्ठ, दीपेन्द्र रसाइली, र सरु आचार्यले विद्यार्थीहरुलाई शैक्षिक कार्यक्रम लगायतका विषयमा जानकारी दिनेछन् । सो अवसरमा क्यानडाली अध्यागमन परामर्शदाता आइसी आर सीका रजिष्टर्ड कानुनी सल्लाहाकार कृति खड्काले पनि क्यानाडा स्थाई बसोबास सम्वन्धित उठेका प्रश्नहरुलाई सम्बोधन गर्ने छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार