नागरिकका समस्याप्रति सरकार गम्भिर भएनः उपसभापति गुरूङ
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार २०:१९:२२
२२ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले सरकार नागरिकप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाएका छन् । एउटा नागरिकले जिउँदै शरीरमा आगो लगाएर आत्मदाह गर्दा पनि सरकारको ध्यान तान्न नसकेको उनको भनाइ छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले नागरिकले आत्मदाहले नछोएको सरकारका मन्त्रीहरू नयाँ गाडी किन्न निवेदन लिएर हिँडिरहेको भन्दै नागरिकका समस्यप्रति ध्यानदिन आग्रह गरे ।
उपसभापति गुरुङले भने, ‘जता हेर्याे, त्यतै समस्यामात्रै छ । नागरिक समस्याले जकडिएर आत्महत्या गर्न बाध्य छ । आत्महत्या त दिनहुँ भइरहेका छन् । तर आत्मदाह नै गरेपछि मात्रै हाम्रो नजर पर्न थालेको छ । अहिले त आत्मदाहले पनि हाम्रो ध्यान तान्न छोडिसकेको हो कि भन्ने देखिएको छ ।’ उनले एउटा नागरिकले दिन दहाडै आर्थिक संकटमा परेर आत्मदाह गर्दा पनि सरकारले उसले देखाएको संकटप्रति कुनै चासो र समाधान खोज्न नसकिरहेको बताए ।
गुरुङले भने,‘एउटा नागरिकले दिनदहाडै आर्थिक संकटमा परेर जिउँदै शरीरमा आगो लगाउँछ । व्यवसायीहरूमा कोकोहोलो मच्चिरहेको छ । तैपनि मन्त्रीहरू पुरानो गाडी भयो, नयाँ गाडी पाऊँ भनेर निवेदन ठोकिरहेको सुन्दैछौँ । हामी यस्तो नियति भोगिरहेका छौँ,’ उनले भने, ‘गफ त ठूलठूला सुनिन्छ, तर नागरिकले के चाहेका छन् ? कसरी देशको आर्थिक अवस्थालाई माथि उठाउने भनेर ध्यान दिएको देखिँदैन ।’
उनले देशले असल नेताको खोजी गरिरहेको बताए । ‘यसपालि नयाँ आशा बोकेका साथीहरू आउँदा ऊर्जा थपिएको थियो । तर, उहाँहरू पनि उही मन्त्री पाउनका लागि लुछाचुँडी गर्नमै व्यस्त देखिनुभएको छ,’ उनले भने, ‘जनताले जुन जोगी आए पनि कानै चिरेका भनेर भन्न थालेका छन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार