दलहरुलाई जनमतले दिएको सन्देश नै राष्ट्रिय सहमति होः सचिव पौडेल
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार २०:३१:२०
२२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अहिलेको जनमतको सन्देश नै मुख्य मुख्य राजनीतिक दलहरूबीच मिलेर जाऊ भन्ने रहेको बताए । उनले अहिलेको संविधान, व्यवस्थाको स्थायित्व र कार्यान्वयन तथा मुलुकको आर्थिक समृद्धि र विकासका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले ७० वर्षभन्दा लामो संघर्षबाट प्राप्त भएको संविधानका उपलब्धिहरूको रक्षा गरेर अघि बढ्नुको विकल्प नभएको बताए । उनले यो व्यवस्था ल्याउनका लागि नेपाली जनताले गरेको ७० वर्ष लामो संघर्षप्रति सम्मान गर्न यही व्यवस्थाका कारण सदनमा बहस भइरहेको बताए । उनले अहिलेको संविधान र व्यवस्था त्यतिकै नआएको र यसको रक्षा गर्दै जनताको भावना र विकासलाई जोडेर अघि बढ्नु सबै राजनीतिक शक्तिको दायित्व भएको बताए ।
पौडेलले अहिले देशलाई राष्ट्रिय सहमतिको खाँचो रहेको औंल्याउदै भने, ‘हामीले राष्ट्रिय सहमतिको आवश्यकताको कुरा उठाइरहेका छौँ । वास्तवमा यो संविधान र यो व्यवस्थाको स्थायित्वका लागि राष्ट्रिय सहमतिको खाँचो छ । अहिले पनि निजामती सेवा ऐन जारी हुन सकेको छैन । संघीयता आयो, स्थानीय सरकारहरू गठन भए । तर, संघले कानुन नबनाउँदा स्थानीय सरकारले कानुन बनाउन पाएका छैनन् । यी विषयहरू हल गर्नका लागि फेरि पनि देशका प्रमुख पार्टीहरूका बीच मिलेर जानुपर्ने अहिलेको जनताको जनमतको सन्देश नै मिलेर जाऊ भन्ने छ । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनका लागि पनि हामीले राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्नेछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार