कांग्रेस राजनीतिक अस्थिरता बढाउने अलोकतान्त्रिक कार्यमा लागेको छ: ओली
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार २०:५४:७
२२ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस देशको राजनीतिलाई अस्थिर बनाउने खेलमा लागेको बताएका छन् । उनले अस्थिरताको राजनीतितर्फ लागे नेपाली कांग्रेसलाई प्रत्युत्पादक हुने चेतावनी पनि दिएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले कांग्रेसलाई प्रतिपक्षको परिचय सकस भएको बताए । उनले संसदमा कांग्रेले प्रदर्शन गरेको व्यवहार लोकतन्त्र अनुकुल नभएको बताएका छन् ।
ओलीले अहिले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरिरहेका छन् । उनले संसद्मा विशेष समय लिएर सम्बोधन गर्दैछन् । उनले सरकार गठनको पृष्ठभूमिका बारेमा बताउँदै भनेका छन्,‘हामी जसरी पनि सरकार बनाउने अवस्थामा थिएनौँ । हामी प्रतिपक्षमा बस्न तयार थियौँ । कांग्रेसले स्वभावअनुसारको काम गरेको थियो । प्रतिपक्ष मानसिकताका साथ काम गरेका थियौँ तर सरकारको प्रतीक्षा गरिरहँदा निर्धारित समय सकिन लाग्यो । असामयिक चर्चा हुन थाल्यो । अस्थिरताबाट जोगाउन एमालेले पहल लिनुपर्ने अवस्था आयो । हामीले त्यसपछि सरकार बनाउन पहल सुरु गर्यौँ ।’
एमाले, माओवादी, रास्वपासहित सात दल र स्वतन्त्र सांसदले सहमति गरी प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने प्रक्रिया अघि बताउँदै उनले कांग्रेसबाट प्रदर्शित व्यवहार संविधानका लागि हितकर नभएको बताए । कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर मान्न सकस भएकोर प्रतिपक्षमा बस्न बाध्यता बनेको भन्दै कांग्रेस पानी बाहिरको माछाजस्तै छटपटाएकोजस्तो देखिएको उनको टिप्पणी छ ।
कांग्रेसलाई प्रतिपक्षीको परिचयले सकस परेको र बाध्यताले प्रतिपक्षमा बस्नु परेको दावी गर्दै ओलीले सत्ता बाहिर कांग्रेसले आफ्नो अस्तित्व आफैंले विश्वास गर्न नसक्ने अवस्थामा रहेको बताए । ओलीले बृहत् राष्ट्रिय हितमा काम गर्नका लागि आह्वान समेत गरे । ’राजनीतिक स्थायित्वका लागि योगदान गरौं । अनिश्चय र अस्थिरताको बिउ स्वयमका लागि प्रत्युपादक हुन सक्छ भन्ने बुझौं,’ ओलीले भने, ’कम्तीमा २०५२, २०५८ र २०७ सालको अनुभवहरु छन् । राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने चिन्तनबाट कसैलाई फाइदा हुँदैन ।’
अध्यक्ष ओलीले नेपाली कांग्रेसको हालत सुनको बाला देखाउने बुढो बाघ जस्तै भएको टिप्पणी गरे । उनले कांग्रेसले राष्ट्रपति, सभामुख जस्ता पदमा खिचलो गर्न खोजेको आरोप लगाए । कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई सरकारमाथिको विश्वास भन्न नसकिने उनले बताए । उनले बुढो बाघको कथा सुनाए । उनको कथा यस्तो छ, एउटा बाघ बुढो भएछ । यसले एउटा महिलालाई झम्टिएर मारेछ । उनले सुनको बाटा लगाएको रहेछ । त्यो बाला त बच्यो । बाघ बाहिर हिड्न छोडेपछि गुफाबाट बाला देखाउँदो रहेछ, ए नानी यो बाला लैजाउ न । मलाई काम छैन, तिमीलाई कति सुहाउँछ हेर त भन्दो रहेछ । कोही नजिक गएर फ्याकिदिनुस् भन्यो भने हातैबाट दिन मन छ बा भन्छ । नजिकै गयो भने यताबाट झ्याप्प पार्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
तत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार