रविको बचाउमा समय खर्चिएका ओलीद्वारा सर्वोच्चको आलोचना
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार २१:४२:५६
२२ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गर्दै सर्वोच्चको फैसलाको आलोचना गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले रवि लामिछानेको नागरिकतासम्बन्धी सर्वोच्च अदालतले जारी गरेको पछिल्लो फैसलाको बारेमा टिप्पणी गगर्दै आलोचना गरेका हुन् । ओलीले एउटा नागरिक राज्यको प्रहारको विषय हुनु दुखद भएको बताए ।
उनले रवि लामिछाने जनताबाट अत्यधिक मतबाट निर्वाचित सांसद भएको भन्दै सर्वोच्चबाट भएको भएको फैसलाले कसैलाई पनि न्याया नदिएको बताए । उनले भने, ‘निर्णयलाई कार्यान्वयन गर्छौं । तर, मेरो मनमा त्यो निर्णय सुनेपछि केही प्रश्न पैदा भए । उजुरकर्ता व्यक्तिलाई के मर्का परेछ, के कारणले उजुर गरे ? मैले थाहा पाइनँ । एउटा असम्बन्धित व्यक्तिले निवेदन गरेको देखिन्छ । अब एउटा अदालतको काम त न्याय दिने हो । यो फैसलाबाट कसले न्याय पायो ? मैले बुझिनँ । कसले मर्काबाट उन्मुक्ति पायो ?।’
उनले न्याय दिनको लागि अदालत भएको भन्दै लामिछानेको नागरिकतासम्बन्धी फैसलाले कसले न्याय पायो ? भन्दै प्रश्न उठाए । उनले भने–‘त्यति बुझिएन ? एउटा नागरिक राज्यको प्रहारको विषय हुन सक्दैन् । राज्यले नागरिकलाई प्रोटेक्ट गर्नुपर्छ । संविधान मिच्न पाईँदैन् । मिचेर केही अपराधिक क्रियाकलाप गर्न पाईँदैन् । सर्वोच्चको फैसलालले तात्विक त्रुटि भन्दैन् । प्रक्रियागत त्रुटि भन्छ । यहाँ ढोका खुला देखेर फुत्त संसद्मा पसेको होइन ।’
ओलीले निर्वाचन आयोगले वैधानिक सदर गरेको र सार्वभौम जनताले अत्यधिक मतले आफ्नो प्रतिनिधि छानेको व्यत्तिले एउटा सामान्य त्रुटि गर्दा सांसद पद, पार्टी अध्यक्ष गयो, गृहमन्त्री र उपप्धानमन्त्री गुमाउनु परेको बताए । उनले यसबाट धेरै चीजमा धक्का परेको भन्दै न्याय भयो कि भएन ? रवि लामिछानेलाई न्याय भएन भने कसले पायो न्याय ? बुझिनसक्नु खालको जस्तो फैसला भएको बताए । उनले आफुले कानूनी सिद्धान्त मात्र कुरा उठाएको भन्दै सम्मानित सर्वोच्च अदालतको फैसलालाई मान्ने पनि बताए । ओलीले रवि लामिछानेसँग आफ्नो कुनै नाता सम्बन्ध रहेको र पार्टीको पनि फरक रहेको बताए ।
उनले प्रक्रियागत त्रुटिका कारण भएको गल्तीमा पाएको सजायले भोलि समस्या पर्ने बताए । ओलीले भने, ‘कार्यालय खुल्दा नागरिकता प्राप्त भइसकेको छ । यो बिदाका दिनमा प्रक्रियागत त्रुटिका कारणले यस्तो गर्न मिल्छ ? किन यस्तो फैसला ? अर्को कुरा विदेशमा रहेका नेपालीहरुको सन्दर्भमा मतदानको अधिकार भन्दैछौँ । उमेदवार हुने अधिकार पनि त होला नि ? हामी पासपोर्ट, भिसा, नागरिकता, पीआर के के को छानबिन गर्छौँ ? त्यो बीचमा ? आयोगले उमेदवार हुन योग्य छ भनेको होइन ? यो समस्याको समाधान भोलि कसरी गर्छौँ ? मताधिकार विदेशी नागरिकले प्राप्त गर्न पाउँछ कि पाउँदैन ? गैर आवासीय नेपालीमा के असर पर्छ ? उनीहरुको सम्पत्तिमा के असर पर्छ ? अनेक प्रश्न होलान् ? यसले दुरगामी असर के राख्छ ? ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार