बहुप्राविधिक शिक्षालय भवनको काम जारी, ४० करोड विनियोजन
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार २२:१९:१६
२२ माघ, जाजरकोट । सबै खालका प्राविधिक शिक्षा एकैठाउँमा पढाउनका लागि स्थापना गरिएको जाजरकोट बहुप्राविधिक शिक्षालय भवन बनाउने काम जारी रहेको छ । अघिल्लो वर्षदेखि सुरु गरिएको काम निरन्तर चलिरहेको छ । भवनको अभावमा खुलाचौरमा पढ्दै आएका विद्यार्थी भवन निर्माणसँगै अत्यधुनिक सेवासहित सुविधा लिन पाउनेछन् ।
प्राविद्यिक शिक्षालय रहेको भेरी नगरपालिका–६ काफचौरमा सडकको स्तरोन्नतिका लागि रु ४० करोड विनियोजन भई काम सुरु गर्न लागिएको जनाइएको छ । अझै धेरै काम बाँकी रहेकोले सबैसँग सहयोगको अपेक्षा गरेको शिक्षालयका प्रमुख दानबहादुर ठकुरीले बताए ।
सिटिइभिटीइद्वारा सञ्चालनमा रहेको सरकारी बहुप्राविद्यिक शिक्षालय पूर्णरूपमा तीन वर्षदेखि सञ्चालन हुँदै आएको छ । मध्यपहाडी लोकमार्ग र भेरी करिडोरको बीचमा पर्ने यो शिक्षालयबाट सिस्ने हिमाललगायतका उच्च हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।
रु २० करोडभन्दा बढी रकमबाट अहिले भौतिक संरचनाको काम जारी रहेको छ । यहाँ शिक्षालय नहुँदा बर्सेनि विद्यार्थी लाखौँ रकम खर्चेर बाहिर जिल्ला जानुपर्ने बाध्यता रहँदै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार