हिउँदमा ५० वर्षयताको लामो खडेरी, सुक्न थाले खेतीबाली
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार २२:४५:३३
२२ माघ, म्याग्दी । हिउँद सकिनै लाग्दा पनि बर्षा र हिमपात नहुदा म्याग्दीमा खेतीबाली सुक्न थालेको छ । गत असोज तेस्रो सातादेखि बर्षात भएको छैन् । बर्षात नहुँदा गहुँ, जौ, केराउ, उवा, आलु, लगायत हिउदे बालीमा सिचाईको समस्या भएको छ ।
सिचाई सुविधा नभएको ठाउँमा लगाइएको हिउँदेबाली सुक्न थालेका छन् । बाली सुक्न थालेपछि उत्पादन घट्ने र खाद्यान्न आयात गरेर उपभोग गर्नुपर्ने अवस्था देखिएको छ ।
सिचाई डिभिजन कार्यालयका अनुसार १९ हजार ४९८ हेक्टर क्षेत्रफल जमिन भएको म्याग्दीको करिब २५ प्रतिशत जमिनमा मात्र सिचाई सुविधा छ । ७५ प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेती हुने गरेको छ ।
बुढापाकाहरुका अनुसार हिउँदमा ५० वर्षयताको लामो खडेरी भएको छ । हिउँ र बर्षात हुँदा सिचाईको पनि काम गर्दथ्यो । वाइट बलबहादुर पुर्जा, स्थानीयबासी, धवलागिरी गाउँपालिका
विगतका वर्षको तुलनामा यसपाली छिटो गर्मी शुरु भएको महशुस गरिएको छ । हिउँले भरिनुपर्ने समयमा गुर्जा, अन्नपूर्ण, धौलागिरि, निलगिरी हिमाल आसपासका पहाड काला देखिएका छन् । चैत–बैशाखमा फुल्ने गुराँस तापक्रम वृद्धिको असरका कारण माघ देखिनै फुल्न थालेको छ ।
खडेरीले घाँस सुकेपछि जंगलमा गाइबस्तु र भेडाबाख्राको आहराको अभाव हुन थालेको छ । सुख्खासँगै वन क्षेत्रमा डढेलो लाग्ने क्रम बढेको छ । डढेलोका कारण वन्यजन्तु र पंक्षीको वासस्थानमा असर पुग्ने, जडिवुटी र रुख बिरुवा नासिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार