कर्णाली प्रदेश सरकार : वीरेन्द्रनगरको एकीकृत विकास योजनाको अवधारणा

नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार १४:५:३५

हेमन्त केसी
२३ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई एकीकृत विकास योजनाको अवधारण ल्याएको छ।आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको राजधानी वीरेन्द्रनगर स्थानगत एकीकृत विकास योजनाको अवधारण सरकारले ल्याएको बताएका हुन्।
उक्त योजना तीनै तहका सरकारसँग समन्वय गरेर कर्णाली प्रदेश सरकारले योजना लागू गर्ने जनाएको छ। प्रदेश सरकार वीरेन्द्रनगर नगरपालिका, संघीय सरकार समेतको सहकार्यमा प्रदेश मुख्यालय रहेको वीरेन्द्रनगरलाई आधुनिक एवम व्यवस्थित सहर बनाउने तयारी सुरु गरेको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका आयोजना गरिएको पत्रकार कार्याक्रममा प्रदेश प्रमुख सचिव डा. गोपीकृष्ण खनालले वीरेन्द्रनगर नगरपालिकाको स्थानगत एकीकृत विकास योजना अवधारणा सार्वजनिक कार्यक्रम आगामी जेठ मसान्तसम्म योजनाको विवरण आउने बताए।
उनले वीरेन्द्रनगरलाई कंक्रिटको शहर नबनाई सभ्य, सुन्दर, हरित, व्यवस्थित, समृद्ध शहरको रुपमा विकास गर्न यो अवधारणा ल्याइएको बताए।उनले कर्णाली प्रदेशको राजधानीको रुपमा २०७४ साल फागुन १२ गते प्रदेश सभाको वैठकले निर्णय गरिसकेको हुँदा यो सहरलाई आधुनिक र व्यवस्थित बनाउन आवश्यक देखिएकोले यो योजना ल्याइएको जानकारी दिए।
यस्तै, डा. खनालले उच्च शिक्षाको केन्द्रको रुपमा विकास गर्ने, पर्यटकीय महत्व, कृषियोग्य जमिनको संरक्षण गर्ने, सुरक्षित आवास क्षेत्रको विकास र आवश्यकताको पुर्ती गर्ने, जलाधार क्षेत्र निर्माण र पानीको व्यवस्थापन गर्ने, हरियाली वातावरण बनाउने र आर्थिक विकासका साथै रोजगारी सिर्जना गर्न समेत भएकाले यो योजना महत्वपूर्ण हुने बताए ।
मुख्यमन्त्री राजकुमार शर्माले योजना बनेपछि लागत देखि सबै कुरा आउने बताउँदै तीनै तहका सरकारको सहकार्यमा वीरेन्द्रनगर बनाईने बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार