विप्लवले बालुवाटार पुगेर भेटे प्रचण्ड, समाजवादी माेर्चा गठनबारे छलफल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार १७:५२:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/prachanda-biplob_RzlsUKDalR.jpg)
२३ माघ, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले झण्डै एक वर्षपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् ।
विप्लवले गतवर्ष फागुनमा पार्टी अध्यक्ष मात्र रहेका बेला प्रचण्डलाई ललितपुरको खुमलटारमा पुगेर भेट गरेका थिए । त्यसबेला तत्कालीन ओली सरकारसँग भएकाे सहमति कार्यान्वयनमा भूमिका खेल्न आग्रह गर्न पुगेका थिए ।
त्यसपछि उनका सचिवालयका सदस्यहरुले भेट गर्दै आएकामा आइतबार भने विप्लव टोलीसहित प्रचण्डलाई प्रधानमन्त्री निवासमा पुगेर भेटवार्ता गरे । भेटमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न उनले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।
भेटवार्ता यतिमा मात्र सीमित नभई सरकारको नेतृत्वको गरिरहेका प्रचण्डसँग मुलुकमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि ‘समाजवादी मोर्चा’ गठनबारे पनि गम्भीर छलफल गरेका थिए । मोर्चा गठनबारे प्रधानमन्त्री प्रचण्डले ‘हुन्छ’ भन्ने जवाफ दिएका थिए ।
२०७४ को आमनिर्वाचनमा भन्दा २०७९ को आमनिर्वाचनमा माओवादी केन्द्र निकै खुम्चिएपछि प्रचण्ड ‘मिल्ने’ पक्षहरुसँग पार्टी एकता वा कार्यगत एकताको प्रयासमा लागिरहेका बेला विप्लवले समाजवादी मोर्चा गठनमा माओवादी केन्द्रलाई समेट्ने प्रयासमा लागेका हुन् ।
छलफलमा नेकपा प्रवक्ता प्रकाण्ड र माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सहभागी थिए । भेटमा अन्य वामपन्थी शक्तिहरुसँग पनि सहकार्य र एकताका लागि वातावरण बनाउने माओवादी केन्द्र र नेकपाले भूमिका खेल्नेमा सहमत भएको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।
प्रधानमन्त्र प्रचण्डले कानूनको अडचन हटाएर भएपनि नेकपाका नेता कार्यकर्तालाई रिहाइ गरिने आश्वसन दिएको उनले बताए । नेकपामाथि तत्कालीन ओली सरकारले प्रतिबन्ध लगाउँदै नेकपा दर्जनौं नेता कार्यकर्ताहरुमाथि ‘राज्य विप्लव’सम्बन्धी कसुरमा मुद्दा चलाएर जेलमा थुनामा राख्दै आएकामा अझै रिहाई हुन सकेका छैनन् ।
नेकपा गत बैशाखमा भएकाे स्थानीय तहकाे चुनावका बेला दुइ धार बन्दै विभाजित भएकाे थियाे । एक पक्ष (चुनावमा भाग लिने)काे नेतृत्व विप्लव र निलने पक्षकाे नेतृत्व धर्मेन्द वास्ताेलाले गर्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार