बालिका बलात्कारको आरोपमा पक्राउ परेका अनाथालयका प्रमुख चन्द हिरासतमै
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार १९:३७:६
२३ माघ, धनगढी । बालिका बलात्कारको आरोपमा पक्राउ परेका एक अनाथालयका प्रमुख शंकरबहादुर चन्दलार्ई प्रहरीले हिरासतमा राखेर अनुसन्धान जारी राखेको छ ।
मानसिक अवस्था ठीक नभएकी एक बालिकालाई एक वर्षदेखि प्रलोभनमा पारेर जबरर्जस्ती करणी गरेको अभियोग ५१ वर्षीय चन्दमाथि लागेको छ । उनले आफैंले दुई वर्ष अघिदेखि कञ्चनपुरको महेन्द्रनगरमा संचालन गर्दै आइरहेको बाल अनाथालयकी बेसहारा १४ वर्षीया ती बालिकामाथि बलात्कार गरेको खुले प्रहरीको दाबी छ ।
चन्दविरुद्ध दुई नाबालिकाले आफूहरुमाथि बलात्कार गरेको प्रहरी समक्ष बयानसमेत दिएको प्रहरीको भनाइ छ । एक साताअघि समाज कल्याण बाल अनाथालयका एक नाबालिकामाथि पनि अनाथालयमै जबरर्जस्ती करणी गरेको आरोप चन्दमाथि छ ।
“उनले बालिकालाई टिभी हेराउने बहनामा कार्यकक्षमै लगेर बलात्कार गर्ने गरेको अन्य बालिकाले देखेको कुरो पनि छ” अनाथालयकै एक कर्मचारीले भने । उनका अनुसार बालिका गर्भवती भएपछि चन्दले नै गर्भ तुहाउने औषधि सेवन गराएपछि अत्यधिक रक्तश्राप हुँदा घटना बाहिरिएको हो । घटनाबारे सूचना पाउनसाथ चन्दलाई यही माघ १७ गते प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक भरतराज गिरीले आरोपित चन्दलाई हिरासतमा राखी जबरजस्ती करणी मुद्दामा सात दिन म्याद थप गराएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । अहिले पीडित बालिकालाई शान्ति पुनःस्थापना गृहको संरक्षणमा राखिएको उनले बताए । महेन्द्रनगरमा विद्यार्थीले जिल्ला प्रहरी कार्यालय, भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।
लिकामाथि अभिभावकीय भूमिका निर्वाह गर्ने व्यक्तिबाटै दुर्व्यवहार हुनु निकै असैह्य घटना भएको बताइन् । यस्तै, समाज कल्याण अञ्चल बाल अनाथालयका अध्यक्ष पूर्णबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गरी बालिकामाथि यौन दुर्व्यवहार गर्नेमाथि छानबिन गरी कडा कारबाही गर्न माग गरेका छन् । उनले घटनाको अनुसन्धानका लागि अनाथालय व्यवस्थापनले प्रहरी प्रशासनलाई पूर्ण सहयोग गर्ने विज्ञप्तिमा जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार