राजमार्ग स्तरोन्नति नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार २०:१७:३१
२३ माघ, सुर्खेत । कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन् ।
राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुनसकेको स्थानीयले गुनासो गरेका छन् । राजमार्ग स्तरोन्नति नहुँदा यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीलाई पनि उत्तिकै पिरोल्ने गरेको छ ।
सडक सञ्चालनमा आएको लामो समय भइसक्दा पनि कर्णाली राजमार्गमा ढुक्क साथ यात्रा गर्न सकिने अवस्था नरहेको स्थानीयको भनाइ छ । सडक जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको कालीकोटको पचालझरनाका स्थानीय कटकबहादुर बमको भनाइ छ ।
“हामी वर्षांैदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छौँ”, उनले भने, “कहिले धुलाम्मे त कहिले हिलाम्मे सडकमा यात्रा गर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।”
कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ । सुर्खेतको बीरेन्द्रनगरदेखि दैलेख हुँदै कालीकोटको दही खोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ भने राजमार्गअन्तर्गत दही खोलादेखि जुम्ला खलङ्गासम्म सडक डिभिजन कार्यालय जुम्लाले हेर्दै आएको छ ।
सडक डिभिजनमार्फत टुक्रे मर्मत–सम्भारका काम हुँदै आएको छ । सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनियर चित्र चौलागाईंले भने, “ठाउँ ठाउँमा हामीले स्तरोन्नति गरिरहेका छौँ । तर बजेट नहुँदा समस्या परिरहेको छ, हाम्रो क्षमताले गर्न सक्ने काम गरिरहेका छौँ ।”
सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात सहसचिव एवम् ९प्रवक्ता० मन्त्रालयका शिवप्रसाद नेपालले स्रोत नहुँदा कर्णाली राजमार्ग स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको बताए । “अहिले नेपाल सरकार उक्त राजमार्ग निर्माणका लागि स्रोतको खोजीमा छ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार