मीनभवनमा नेविसंघको देउवा र कोइराला समूहबीच झडप
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार २०:४१:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/Min-bhawan-Campus-NSu-Jhadap6_CMafn7HRGA.jpg)
२३ माघ काठमाडौं । स्ववियु निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) को संस्थापन र इतर समूहबीच झडप भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीको विषयमा छलफल कार्यक्रममा दुई समूहबीच झडप भई ढुंगा हानाहान भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ ।
नेविसंघ संस्थापन समूहले इतर समूहको कार्यक्रममाथि आक्रमण गरेको हो । कांग्रेसको संस्थापन इतर समूहले समानान्तर समिति बनाएर निर्वाचनका गतिविधि सुरु गरेपछि नेविसंघमा विवाद सुरु भएको थियो । इतर समूहका नेता नेता धर्मराज शाहीले नेपालबहसलाई दिएको जानकारी अनुसार निर्वाचनको तयारीको विषयमा छलफल कार्यक्रम गर्दा उक्त कार्यक्रम नगर्न भन्दै संस्थापन समूहका विद्यार्थी नेताहरुले उनीहरुमााथि ढुंगा प्रहार गरेका थिए ।
दुई समूहबीच नेपाल कमर्श क्याम्पसमा ढुङ्गा हानाहान भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन विभिन्न इकाईबाट प्रहरी टोली खटिएको थियो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताएको छ । इतर समूहको उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको प्रहरीको भनाइ छ ।
स्ववियू निर्वाचनमा आफुहरुलाई वेवास्ता गर्दै अगाडी बढेको भन्दै तीनदिन अघि इतर समुहले पनि समानान्तर समिति बनाएर कार्यक्रम सुरु गरेको थियो । सभापति शेरबहादुर देउवाले नेविसंघलाई पूर्णता नदिएको र संस्थापन समूहले विपक्षी समूहसँग कुनै सल्लाह नगरी एकलौटी ढंगले अगाडी बढेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला समूहले समानान्तर समिति बनाएर गतिविधि सुरु गरेका कारण नेविसंघभित्र अहिले ठूलो विवाद छ ।
संस्थापनबाट अध्यक्षमा मनोनित भएका दुजाङ शेर्पाले गरेका निर्णयको विरुद्धमा कोइराला पक्षधरले छुट्टै गतिविधि गर्न सुरु गरेको थियो । नेविसंघ आवद्ध उक्त पक्षधरको शुक्रबार बसेको बैठकले स्वतन्त्र विद्यार्थी यूनियनको चुनावलाई केन्द्रित राखेर १३ जना विद्यार्थी नेतालाई विभिन्न समितिको संयोजक ताक्ने निर्णय गरेको थियो । भेलाले घोषणापत्र तयारी समितिको संयोजकमा धर्मराज शाहीलाई चयन गरेको थियो ।
स्ववियु परिचालनको संयोजकमा सुवास पौडेल, स्ववियु प्रचार प्रसार समितिको संयोजक भुवन भट्ट चयन भएका थिए । स्ववियु समन्वय समिति संयोजकमा विक्रम आदित्य सिंह, स्ववियु जिल्ला समन्वय समिति संयोजकमा राजकुमार बस्नेत, सुझाव संकलन समिति संयोजकमा सुशान्त आचार्य, उपत्यका क्याम्पस ईकाइ समन्वय समिति संयोजकमा नवीन केडी, युवा विद्यार्थी परिचालन समिति संयोजकमा जयराम वडाल चयन भएका थिए । त्यसैगरी, नेविसंघ सम्पर्क समिति परिचालन संयोजकमा तीर्थ मिश्र, स्ववियु निर्वाचन प्रशिक्षण संयोजकमा तारा वहादुर थापा, अन्तर प्रदेश समन्वय समितिको संयोजकमा तपेन खड्काले जिम्मेवारी पाएका थिए ।
कोइराला पक्षका विद्यार्थीहरुको भेलाले अन्तर विश्वविद्यालय समन्वय समिति संयोजक मुना कंडेल, प्राविधिक विद्यार्थी समन्वय समिति संयोजकमा सुजन सापकोटालाई चयन गरेको थियो । भेलाले संयोजकलाई आवश्यकता अनुसार समिति विस्तार गर्न अधिकार दिएको छ । संस्थापन पक्षले एकतर्फी ढंगले जिल्ला तथा क्याम्पस संयोजक तोकेको भन्दै संस्थापनइतरले जिल्लामा समेत समानान्तर समिति बनाउन सुरु गरेको हो । रुपन्देहीमा विहीबार संस्थापनइतरले छुट्टै समिति बनाएको थियो । असन्तुष्ट पक्षले कञ्चनपुर पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेको थियो ।
स्ववियु निर्वाचन तयारीका लागि यस अघि अध्यक्ष शेर्पाले दुई समितिको संयोजक तोकेका थिए । संघका अध्यक्ष शेर्पाले घोषणापत्र तयारी समिति संयोजकमा पुजन गन्धर्व र प्रचार प्रसार समितिको संयोजकमा डा. सन्तोष उपाध्यायलाई मनोनित गरेका थिए । त्रिभुवन विश्वविद्यालयले चैत ५ का लागि स्ववियु निर्वाचनको मिति तोकेको छ । नेतृत्वका कारण नेपाली कांग्रेसको भातृ संगठन निर्वाचनको मुखमा आएर विवादीत भएको छ । यसै विषयमा आज पनि दुइ पक्षबीच झडप भएको हो । तस्वीरः सरोज मरासनी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार