टुहुरा बालिका बलात्कारका आरोपीलाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार २०:४५:२३
२३ माघ, महेन्द्रनगर । अनाथालयमा आश्रय लिइरहेकी टुहुरा बालिकाहरुमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका एक अनाथालय प्रमुखमाथि कडा कारबाहीको माग गर्दै महेन्द्गर बजारमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
सोमबार बिहान भएको प्रदर्शनमा सयौं संख्यामा छात्र छात्रा सहभागी थिए । उनीहरुले ‘सरकार के हेर्दै, बलात्कारीहरु देश घेर्दै’ जस्ता नारा लेखिएको प्लेकार्ड सहित सडकमा उत्रिएका थिए ।
प्रहरीले कञ्चनपुरको महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा नाबालिकमाथि बलात्कार गरेको आरोपमा अनाथालयका कार्यालय प्रमुख शङ्करबहादुर चन्दलाई १७ गते पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।
चन्दमाथि दुई भिन्न अनाथालयमा रहेकी १४ वषर््िकी दुई बालिकामाथि बलात्कार गरेको आरोप छ । आरोपमा चन्दलाई कार्यालयबाटै पक्राउ गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार