राष्ट्रिय सहमतिको सरकारबारे तीन दलका शीर्ष नेताबीच छलफल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार २१:४१:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/pm-deuba-oli_2xtM8TR4UJ.jpg)
२३ माघ काठमाडौं । राष्ट्रिय सहमतिको सरकार लगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेता छलफलमा जुटेका छन् । अहिले प्रधानमन्त्री कार्यलय सिंहदरवारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको छ ।
तीन दलका तीन नेता अकस्मात छलफलमा बसेकाले यो भेटघाट र छलफललाई महत्वका साथ हेरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि तीन नेताबीच छलफल भइरहेको बताइएको छ । भेटमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासका साथसाथै समग्र राजनीतिक विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच राजनीतिक दूरी बढिरहेका बेला यो भेटवार्ता भइरहेको छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास दिएपछि एमाले सशंकित छ । राष्ट्रपतिको विषयमा एमाले नेकपा माओवादीसँग पनि सशंकित छ । सत्तासीन माओवादी केन्द्र र कांग्रेसका नेताहरु राष्ट्रिय सहमतिको सरकारमा पक्षमा छन् भने एमाले यसबारे सकारात्मक नदेखिएको अवस्थामा छलफल चलिरहेको बताइएको छ । यी तीन नेताबीच छलफल हुने कुरा सार्वजनिक भएको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार