गृहसहित पाँच मन्त्रालय मन्त्रीविहिन, कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार २२:२१:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/rastriya-Swatantra-aprty-samsad-resign-to-PM-Prachanda-at-Baluwatar-1024x688-1_bNApx9orRA.jpg)
२३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहसहितक पाँच मन्त्रालय आफैसँग राखेका छन् । प्रधानमन्त्रीले मन्त्रालय ओगटेर राख्दा विकास योजना लगायतका काम प्रभावित हुने गर्छन् । सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका दुई मन्त्रीले राजीनामा दिएपछि रिक्त भएका दुई मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री आफैले सम्हाल्ने भएका छन् ।
रास्वपाबाट मन्त्री बनेका शिशिर खनाल, डोल प्रसाद अर्याल र तोसिमा कार्कीले आइतबार प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए । यसअघि सर्वोच्चको फैसलाअनुसार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पद गएर मन्त्रालय खााली भएको थियो उक्त मन्त्रालय पनि प्र्धानमन्त्री प्रचण्ड आपफैले राखेका छन् । युवा तथाा खेलकुद र बन मन्त्रालयमा सुरु देखिनै मन्त्री नियुक्त गरिएको छैन । यी मन्त्रालय पनि प्रधानमन्त्री आफैले राखेका छन् ।
गृहपछि रिक्त रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने भएका हुन् । उनीहरूको राजीनामा आएको भोलिपल्ट सोमबार प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरी तोकेकी हुन् ।
यसअघि रास्वपाका सभापति रवि लामिछाने गृह मन्त्रालयबाट पदच्युत भएपछि पनि गृह मन्त्रालय प्रधानमन्त्री दाहालको मातहतमा रहँदै आएको छ । दाहाल नेतृत्वको सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्रालय पाएको रास्वपा सरकारलाई दिएको समर्थन कायम राख्दै आइतबार सरकारबाट बाहिरिएको छ । रिक्त मन्त्रालयमा तत्काल ति मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने अवस्था पनि देखिएको छैन् । प्रधानमन्त्री नेकपा समाजवादी र जनता समाजवादीलाई सरकारमा ल्याउने प्रयासमा रहेपनि एमाले अध्यक्ष ओली यसको विपक्षमा देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बैंकक प्रस्थान
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार