कारागारमा रहेका अरुण चौधरीको रिटमा उच्च अदालतले दियाे कारण देखाउ आदेश
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार २२:२८:२३
२३ माघ, काठमाडाैं । कैलाली जिल्ला अदालतको फैसलाअनुसार जेल चलान भएका नागरिक उन्मुक्ति पार्टीका संघीय सांसद अरुणकुमार चौधरीको तर्फबाट दायर रिट निवेदनमा उच्च अदालत दिपायलले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले चौधरीलाई जेल चलान गर्नुको कारणसहित जवाफ दिन विपक्षी कैलाली जिल्ला अदालत समेतका नाममा आदेश जारी गरेको हो । साथै रिट जारी हुनु पर्ने वा नपर्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि दिएको छ ।
२०६६ भदौ ३ मा स्थानीय व्यवसायी महादेव बजगाईंको ट्र्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालतबाट २०७० वैशाख ९ गते दोषी ठहर भई ३ वर्ष कैद र ८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला भएको थियो ।
फैसला हुनुपहिले देखिनै फरार रहँदै आएका चौधरीलाई गत हप्ता मात्र बाँकेको कोहलपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि कैलीली कारागारमामा पठाइएको थियो ।
त्यसपछि उनले वारेसमार्फत जिल्ला अदालतको फैसला बदर गर्दै आफूलाई रिहा गरिनुपर्ने मागदाबीसहित उच्च अदालत दिपायलयमा पुनरावलोकन निवेदन दिएको थियो ।
प्रहरीको फरार प्रतिवादी सूचीमा रहेकै अवस्थामा चौधरी गएको मंसिर ४ मा भएको प्रिितनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
जिल्ला अदालतले आगगजनी घटनामा चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार