६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स, शोधनान्तर बचत ९७ अर्ब
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार २२:५६:५३
२३ माघ,काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्समार्फत मुलुकमा ५ खर्ब ८५ अर्ब रुपैयाँ भित्रिएको जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २४ दशमलव ३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ५ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार गत असारयता पुससम्म मुलुकको कुल विदेशी मुद्रा सञ्चिति करिब १ खर्ब २१ अर्बले बढेको छ । उक्त अवधिमा अमेरिकी डलरमा पनि विदेशी मुद्रा सञ्चिति ७९ करोडले बढेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत पुससम्म मुलुकको कुल विदेशी मुद्रा सञ्चिति १३ खर्ब ३७ अर्ब २९ करोड रहेको छ । गत असारको तुलनामा यो १० प्रतिशतले बढेको हो । ०७९ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति ०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ । गत पुससम्म मुलुकमा रहेको विदेशी मुद्रा सञ्चितिले ९ दशमलव १ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाइ छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत पुस मसान्तमा १२ प्रतिशतले बढेर ११ खर्ब ८३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा ०७९ पुस मसान्तमा ३ दशमलव ४ प्रतिशतले घटेर १ खर्ब ५३ अर्ब ९१ करोड कायम भएको छ । ०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव ६ प्रतिशत रहेको छ ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.९ प्रतिशतले बढेर ४ अर्ब ५० करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो । केही महिनायता रेमिट्यान्स आप्रवाह निरन्तर बढ्दो क्रममा छ । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले बढेर २ लाख ७५ हजार ६४३ पुगेको छ । यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले बढेर १ लाख ४२ हजार ५४८ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २ सय ९८.१ प्रतिशतले बढेको थियो । गत वर्ष रोजगारीमा जाने नेपालीको संख्या बढेकाले चालु आर्थिक वर्षमा रेमिट्यान्स बढेको हो । यता, विदशी मुद्राको सञ्चिति बढ्दा शोधनान्तर ९७ अर्बले बचतमा गएको छ । गतवर्ष पुस मसान्तसम्म शोधनान्तर दुई खर्ब ४१ अर्बले घाटामा थियो । शोधनान्तर बचतमा गए पनि चालु खाता भने २९ अर्ब ४७ करोडले घाटामा नै रहेको छ । गतवर्षको तुलनामा भने चालु खाता घाटामा सुधार आएको हो । गतवर्ष चालु खाता ३ खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
डलको भाउ स्थिर, युरो घट्यो पाउण्ड बढ्यो
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुदाँ १४ जना घाइते
मंसिर ८, २०८१ शनिबार
चार महिनामा साढे चार खर्बभन्दा बढीको व्यापार घाटा
मंसिर ८, २०८१ शनिबार
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि !!!
मंसिर ८, २०८१ शनिबार