गुणस्तरीय सामग्री प्रयोग गरेर मात्रै सिर्सिया पुल निर्माण गर्न ठेकेदारलाई मेयर सिंहको निर्देशन
![आबिद हुसेन](
https://nepalbahas.prixacdn.net/media/albums/aabid_hussia__essGOst6fZ.jpg
)
आबिद हुसेन
माघ २३, २०७९ मंगलबार २:१:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/pool-1_BtuA1Jc2k6.jpg)
२३ माघ, बीरगञ्ज । पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन सामग्री प्रयोग गरेर सिर्सिया खल्वाटोलामा पुल निर्माण गरिरहेको भेटेपछि बीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले निर्माण रोक्का गर्न लगाएका छन् ।
बीरगञ्ज महानगरपालिकाको वडा नम्वर २५ सिर्सिया खल्वाटोलामा निर्माणाधिन पुलमा गुणस्तरहीन सामग्री प्रयोग गरेर पप्पुले ढलान सुरु गर्न लागेको थियो । सोमबार अनुगमनमा पुगेका महानगर प्रमुख सिंहले ठेकेदार कम्पनीले बालुवा प्रयोग गर्न पर्नेमा पांगो माटो प्रयोग गरेर ढलान गर्न लागेको भेटेपछि काम रोक्न निर्देशन दिनुभएको उहाँको स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।
सघन सहरी विकास आयोजनाले गएको २०७४ मै पुल निर्माणका लागि ठेक्का लगाएको भए पनि ठेकेदार कम्पनीले निर्माण अलपत्र पारेर छाडेको थियो । महानगर प्रमुखमा निर्वाचित भएर आएसँगै मेयर सिंहको प्रयासमा ठेकेदार कम्पनीले पुल निर्माणको काम अघि बढाएको थियो । तर अहिले पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको भेटेपछि महानगरप्रमुख सिंहले काम रोक्नुका साथै स्टिमेट अनुसारको सामग्री प्रयोग गरेर मात्रै काम अघि बढाउन दिर्नेशन दिएका छन् ।
यता सघन सहरी विकास आयोजना कार्यालय बीरगञ्जका प्रमुख झपट बहादुर थापाले पप्पुले पुल निर्माणमा कमसल सामग्री प्रयोग गरेको जानकारी आए पछि काम रोकेको बताएका छन् । ‘महानगर प्रमुखले जानकारी गराएपछि कार्यालयबाट हाम्रा इन्जिनियरहरु पनि साइटमा पुगे,’ उनले भने ‘त्यहाँ गुणस्तरहीन सामग्री प्रयोग गरेको भेटेपछि आफूहरुले ठेकेदार कम्पनीलाई काम रोक्न लगाएका छौँ ।’ गुणस्तरहीन सामग्री प्रयोग गरेर निर्माण गरेका संरचना हटाउन र पुनः गुणस्तरीय सामग्री राखेर निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको पनि उनले बताए ।
सघन सहरीले महानगरका विभिन्न १७ सडकको ठेक्का लगाउँदा उक्त पुल पनि एकै पटक सोही ठेक्कामा पप्पुले सकार गरेको उनले बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार