मंगलबारको लागि विदेशी विनिमय दर सार्वजनिक
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार १६:१७:५
काठमाडौं, २४ माघ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ।
मंगलबार अमेरिकी डलरको भाउ १ रुपैयाँ ४४ पैसाले वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददरमा १३२ रूपैयाँ ७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार अमेरिकी डलरको खरिदमूल्य १३० रूपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रूपैयाँ २३ पैसामा कारोबार भएको थियो।
युरोपियन युरो आज एक रुपैयाँ १३ पैसाले उकालो लागेर यसको खरिदमा १४२ रूपैयाँ १५ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७९ पैसा कायम गरिएको छ। सोमबार यसको खरिददर १४१ रूपैयाँ २ पैसा र बिक्रीदर भने १४१ रूपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।
उता, बेलायती पाउण्डको खरिददर १५८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५९ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा पाउण्ड एक रुपैयाँ ४१ पैसाले बढेको हो । सोमबार यसको खरिददर १५७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १५८ रूपैयाँ १८ पैसा तोकिएको थियो ।
त्यसैगरी, अष्ट्रेलियन डलरको मूल्य ५७ पैसाले उकालो लागेर यसको खरिदमूल्य ९१ रूपैयाँ र बिक्रीमा ९१ रूपैयाँ ४१ पैसा तोकिएको छ । यसअघि सोमबार यसको खरिददर ९० रूपैयाँ ४२ पैसा र बिक्रीमा ९० रूपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।
मंगलबार क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ २३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६८ पैसा तोकिएको छ। कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा कायम भएको। छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २० पैसा र बिक्रीदर ३५ रूपैयाँ ३६ पैसा तोकिएको छ भने युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३१ रूपैयाँ २ पैसा र बिक्रीमा ३१ रूपैयाँ १६ पैसा कायम छ भने कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ९३ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ८९ पैसामा पाइन्छ।
त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ९३ पैसा तोकिएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार