नवाजुद्दिन सिद्दीकी र उनकी पत्नीबीच विवाद चल्दा घर छोडेर होटलमा बस्न बाध्य
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार १९:२८:५५
२४ माघ, मुम्बई । बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकी र उनकी पत्नी आलिया सिद्दिकीबीच लामो समयदेखि विवाद चलिरहेको छ । यो सबै कुराबाट दिक्क भएर नवाजुद्दिन घर छोडेर होटलमा बस्न बाध्य छन् ।
आलिया र नवाजकी आमाबीच सम्पत्तिलाई लिएर विवाद भइरहेको छ । यो मामलामा प्रहरीसम्म पुगेको छ । केही दिनअघि नवाजकी आमाले आलियाविरुद्ध उजुरी दिएकी थिइन् ।
नवाजुद्दिनका एक साथीका अनुसार नवाजुद्दीनका वकिलले घरको यो विवाद समाधान नगरुञ्जेल नवाजुद्दिन होटलमै बस्नुपर्नेछ । गत वर्षमात्र १३ करोडमा घर किनेका नवाजुद्दीन अहिले घर छोडेर होटलमा बस्न बाध्य छन् ।
नवाजको नयाँ घर मुम्बईको वर्सोवामा छ । उनले यो घरलाई रिनोभेट गर्न ३ वर्ष लगाएका थिए । यसलाई उनी ‘सपनाको महल’ मान्छन् । नवाजले १० करोड रुपैंयाँमा जमिन किनेका थिए । उनले घर बनाउनमा ३ करोड खर्च गरेका थिए । नवाज अधिकांश समय घरमै बिताउँछन् ।
उनको घरमा ५ बेडरुम, २ सर्वेन्ट रुम, १ थिएटर, १ आलिसान लिभिङ रुम र १ किचन छ । उनले पिताको सम्झनामा घरको नाम ‘नवाब’ राखेका छन् ।
नवाजलाई केही दिनअघिमात्र मुम्बई अदालतले नोटिस पठाएको थियो । ‘आलिया उनको कानूनी रुपले विवाहित पत्नी हुन् र उनी हरेक स्थानमा यही भन्छिन् । घरमा सीसीटीभी क्यामरा लगाएपछि त्यहाँ बडीगार्ड पनि छन् । जो आलियालाई बाथरुमसम्म जान पनि रोकिरहेका छन् । यस्तो अवस्थामा नवाजमाथि घरेलु हिंसाको मामला बन्छ । किनकी आलियाले कैयौं दिनसम्म खानसमेत पाएकी छैनन् । उनीमाथि मानसिक, भावनात्मक, शारीरिक र आर्थिक अवरोध गरिएको छ’, आलियाका वकिलले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार