राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवार विजयी हुन्छः डा. कोइराला
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार १९:४८:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/koirala-e1675757794496_CFPEftkuo9.jpg)
२४ माघ, चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुन २५ गते हुनगइरहेको राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवार विजयी हुने दावी गरेका छन् । राष्ट्रिय राजनीतिलाई सन्तुलनमा राख्नका लागि कांग्रेसले राष्ट्रपति पदमा दावी गर्दै आएको भन्दै राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई विजयी गराएरै छाड्ने कोइरालाको भनाइ छ ।
नेपाल प्रेस युनियन बागमती प्रदेश प्रथम अधिवेशनको मंगलबार सौराहमा उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिमा कांग्रेसले उठाएको उम्मेदवार विजयी हुनेमा ढुक्क रहन आग्रह गरेने उनले कांग्रेसको उम्मेदवार विजयी नहुनेभन्दा तोकिएको समयमा राष्ट्रपतिको निर्वाचन हुने या नहुने भन्नेमा अझै शंका रहेको बताए । कोइरालाले राष्ट्रपतिबारे सरकारमा रहेका र सरकारबाहिर रहेका दलहरुसँग पनि कांग्रेसको छलफल भइरहेको बताए ।
उनले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारमा सहमति जुट्न सक्ने सम्भावना पनि कायम रहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुको अर्थ कांग्रेस सरकामा जानु नभएको बताउँदै अहिले नै कांग्रेस सत्तामा जाने अवस्था पनि नभएको बताए । उनले भने, ‘सरकारमा रहेका दलको अवस्था हेर्दा प्रधानमन्त्री प्रचण्डलाई सहज हुने देखिएको छैन् । सत्ता गठबन्धनमै विभिन्न विवादहरु आइरहेका छन । एउटा दलले त सरकार पनि छाडिसकेको अवस्था छ ।’
उनले २५ फागुनमा के हुन्छ भन्ने प्रश्न होला सबैमा जागेको भन्दै राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिन्छ र त्यो निर्वाचन जिताउने जिम्मेवारी कांग्रेसको भएको बताए । कांग्रेस एक्लैको मतले मात्र राष्ट्रपति निर्वाचित नहुने भएकोले अन्य दलहरूसँग सहकार्य गरिने कोइरालाले बताए । उनले भने, ‘अन्य दलहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । कांग्रेसको भोटले मात्रै राष्ट्रपति जित्न सक्दैन । तर, यसैमा आत्तिनुपर्ने कुरा छैन । हामी जिताउँछौ, कांग्रेसको उम्मेदवारले जित्छ ।’
काइरालाले अहिले कांग्रेस प्रतिपक्षमा नै बस्ने बताए । संसदमा सबैभन्दा ठूलो दल भएकाले देशको परिस्थिति हेर्दा अहिले सरकारमा जान कांग्रेसले हतार नगर्ने तर कांग्रेसमा जाँदै जाँदैन भन्ने पनि नभएको बताए । परिस्थति जसरी अगााडी बढ्छ, कांग्रेस पनि उसरीनै अगाडी जाने बताउँदै कोइरालाले अहिले र यहि अवस्थामा भने कांग्रेस प्रतिपक्षमै बस्ने र सरकारमा सहभागी नहुने बताए ।
उनले भने, ‘अहिले राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा जुन कुरा आएको छ, त्यो विषयलाई लिएर सत्तामा रहनुभएका दलहरूले नेपाली कांग्रेसले भाँजो हाल्न खोज्यो भनिरहनुभएको छ । हामी ठूलो पार्टी हौँ । संसद्मा हाम्रो सदस्य धेरै हुनुहुन्छ । हामी प्रतिपक्षमा छौँ । हामी प्रतिपक्षको भूमिका खेल्छौँ, सत्तामा जादैनौं । हामी गभर्मेन्ट इन वोइटिङ भन्ने कुरा उहाँहरूले बुझ्न जरूरी छ । यो कुरा सत्ताको दलले बुझेर पनि बुज पचाएको देखिन्छ ।’
नेता कोइरालाले कांग्रेस स्वतन्त्र न्यायपायिका र स्वतन्त्र सञ्चारजगत्को पक्षमा रहेको बताए । देश अहिले अप्ठ्यारो स्थितिमा रहेको महसुुस आफूले गरेको पनि उनले बताए । किसानले उब्जाएको तरकारीले मूल्य नपाउनु र ऋण तिर्न नसकेर आत्मदाह गर्नुले नेपालमा आर्थिक, सामाजिक र राजनीतिक विकृतिको संकेत गरेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार