राष्ट्रियसभा सदस्यमा भोली विहान १० देखि ३ बजेसम्म मतदान
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार २०:१६:३०
२४ माघ, बुटवनल । राष्ट्रियसभाको रिक्त एक सदस्य पदको उपनिर्वाचन अन्तर्गत भोली बुधबार विहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको छ । निर्वाचन कार्यलयले मतदानको समय तोकेको हो । लुम्बिनीमा राष्ट्रियसभा सदस्य एक पदका लागि बुधवार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी सकिएको छ । घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदानका लागि व्यवस्था मिलाएको निर्वाचन कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीले जानकारी दिएका छन् ।
लुम्बिनी प्रदेशमा एक सिटका लागि निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको छ । एमाले उम्मेदवार कुमार दसौदी, प्रमुख प्रतिपक्षी काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार बनेका छन् । उनीहरु तीन जनाबीच प्रतिस्पर्धा हुनेछ ।
दसौदी र आचार्य दुवै रोल्पाका हुन् भने रायको पुरानो घर कर्णालीको सल्यान हो । पछिल्लो समय उनी बाँकेमा बस्दै आएका छन् ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । उनीहरुको मतभार फरफरक हुन्छ । प्रदेशसभा सदस्यको एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मत भार १८ कायम छ ।
लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना छन् । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुखको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए । गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार