रेशमसँग जेलभित्र रञ्जिताको २ घण्टा छलफल, सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार २०:४३:२४
२४ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी सांसद रञ्जिता श्रेष्ठ पार्टी संरक्षक रेशम चौधरीसँग जेलभित्रै दुई घण्टा वार्ता गरेकी छन् । केन्द्र र सुदूर पश्चिम प्रदेशमा सरकारमा सहभागिता र हालै मात्र संघीय सांसद अरुणकुमार चौधरी जेल चलान भएकाबारे उनले डिल्लीबजारस्थित सदरखोर जेलमा पुगेर रेशमसँग वार्ता गरेका हुन् ।
टिकापुर घटनामा दोषी ठहर भई विगत पाँच वर्षदेखि जेल सजाय भोगिरहेका रेशम नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत हुन् । उनी रञ्जिता पति समेत हुन् । वार्तामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निष्कर्ष भएको बताइएको छ ।
केन्द्र सरकारमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्तिलाई अहिले सुदुरपश्चिम प्रदेशमा पर्सि माघ २६ का लागि निर्णय लिनुपर्ने बाध्यता थियो । सोही विषयमा निर्णय गर्न उनी आजै जेलमा पुगेर रेशमसँग छलफल गरेर निर्णय लिएकी हुन् ।
छलफलपछि उनले नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको बताइन् । नागरिक उन्मुक्तिले सुरुदेखि नै उठाउँदै आइरहेको मुद्दा र एजेण्डा सम्बोधन नभएकोले मुख्यमन्त्री रावललाई विश्वास मत नदिने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताइन् ।
सुुदूरपश्चिममा यो दलसँग ७ सांसद छन् । दलले साथ नदिने बित्तिकै रावलको मुख्यमन्त्री पद जाने पक्का जस्तै भएको छ । नागरिक उन्मुक्तिकाे ७ सहित २९ सांसदकाे समर्थनमा रावल गएकाे पुष २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएकाे मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
नागरिक उन्मुक्तिका कैलाली २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुण चौधरी ट्याक्टर जलाएको अभियोगमा नागरिक उन्मुक्ति झनै क्रुद्ध बनेको छ । दलले लिनुपर्ने आगामी कदमबारे रञ्जिताले बिहान ११ बजेदेखि १ बजेसम्म छलफल गरेकी थइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार