सीडीओको रोहवरमा सहमतिपछि लुम्बिनीको विवाद समाधान
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार २३:२०:१५
२४ माघ, देउखुरी । बुद्धजन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको रामकथा प्रवचनका कार्यक्रम आयोजनाका विषयमा देखिएको विवाद समाधान भएको छ ।
लुम्बिनीमा भारतीय सन्त मुरारी वापुद्वारा गरिने कथावाचनको विषयलाई लिएर कुनै पनि पक्षले विरोध नगर्नेलगायत चारबुँदे सहमतिपछि विवाद समाधान भएको हो । लुम्बिनी विकास कोषमा आज रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको रोहवरमा बसेको बैठकले सहमति गरेको हो ।
बैठकमा लुम्बिनी गुरुयोजनाबमोजिम पवित्र उद्यान र अन्तर्राष्ट्रिय विहार क्षेत्रलाई कुनै पनि असर नपर्ने गरी सम्मेलन केन्द्रमा मुरारी वापुको कथावाचन कार्यक्रमको कोषले व्यवस्थापन गर्ने सहमति भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष युवराज जिरेल, महासंघका केन्द्रीय कोषाध्यक्ष विमल सारू, सङ्घर्ष समितिका संयोजक पार्वती घर्तीमगर, नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष चित्रलाल तुलाचन, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्य विश्वराज पौडेल र रामकथाका स्थानीय आयोजक संयोजक राजेश अग्रवालले सहमतिमा हस्ताक्षर गरेका छन ।
यस्तै माघ २३ गते पर्साचोकमा शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा भएको घटनाको दुःख व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था मिलाउने र घटनाको आवश्यक छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्ने सहमति भएको छ । विश्व शान्ति क्षेत्र लुम्बिनीका सन्दर्भमा यी विषयलाई लिएर कुनै पनि पक्षले विरोध कार्यक्रम नगर्ने सहमति गरिएको छ ।
त्यसैगरी लुम्बिनीमा सञ्चालन भएको रामकथाका विषयलाई लिएर विभिन्न बौद्धमार्गीले संवादका क्रममा राखेको सुझावलाई आयोजकलाई ध्यानाकर्षण गराई कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालनमा आएका सरोकारका विषयमा लुम्बिनी विकास कोषले बुद्ध, धर्म, सङ्घ, दर्शन र परम्पराविपरीत नहुने गरी कार्यविधि बनाउने र उक्त कार्यविधि बनाउँदा बुद्धधर्मसँग सम्बन्धित संघ संस्था र सरोकारवालासँग परामर्श गर्ने सहमति उल्लेख छ ।
लुम्बिनीमा आजदेखि मुरारी वापुको कथा प्रवचन सुरू भएको छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितिको आयोजनामा आजदेखि सुरु हुने रामकथा प्रवचनका लागि वापु यहाँ आएका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार