यूएसएआईडी प्रमुख पावरद्वारा साढे ७ अर्ब सहयोग दिने घोषणा
नेपालबहस संवाददाता
माघ २४, २०७९ बुधबार ३:१७:१५
२४ माघ, काठमाडौं । नेपाल भ्रमणमा रहेकी यूएसएआईडीकी प्रमुख समान्था पावरले नेपाललाई यसअघि घोषणा गरेको भन्दा १ करोड ८३ लाख डलर थपेर साढे ७ अर्ब आर्थिक सहयोग दिने घोषणा गरेकी छन् । पावरले मंगलबार ललितपुरको पाटनमा आयोजित कार्यक्रममा उक्त रकम सहयोग गर्ने घोषणा गरेकी हुन् ।
उक्त घोषणा रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख डलरको विकास गर्ने गरी घोषणा गरिएको मध्ये हो । यूएसएआईडीले यसअघि घोषणा गरेको भन्दा थप एक करोड ८३ लाख डलर नेपाललाई सहयोग दिन लागेको हो ।
यूएसआईडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धिहरु मजबुद पार्न र नेपालीहरुका निम्ति अझ बृहत सम्बृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने यूएसएआईडीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घोषित लगानीमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जवाफदेही तवरबाट सार्वजनिक सेवाहरु प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरुलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको उल्लेख छ । स्वतन्त्र नागरिक समाजका संस्थाहरुलाई सहयोग गर्न एक करोड ८५ लाख डलरसम्मको रकम समावेश गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार