महाभियोगबारे नियमावलीमा नयाँ मापदण्ड बनाएर व्यवस्थित गरिने
नेपालबहस संवाददाता
माघ २४, २०७९ बुधबार ३:४२:१९
२५ माघ, काठमाठौं । संवैधानिक निकायका प्रमुखहरुमाथि लगाइदै आएको महाअभियोग समयअनुकुल नभएको भन्दै यसलाई संशोधन गरी नयाँ मापदण्डसहितको व्यवस्था नियमावलीमा नै राख्ने विषयमा राजनीतिकदलहरु सहमतिमा पुगेका छन् । राष्ट्रपतिसहित संवैधानिक निकायका प्रमुख र सदस्यहरूमाथि लाग्ने महाभियोगबारे संसदीय प्रक्रियाका घुमाउरो भएको उनीहरुको ठहर छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको मंगलबारको बैठकमा सांसदहरुले चरणबद्ध समयसीमा प्रतिनिधिसभा नियमावलीमा राख्न माग गरेपछि यस्तो सहमति भएको हो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोग प्रस्ताव संसदीय प्रक्रियामा सही ढंगले टुंगोमा नपुगेको र संघीय संसदका महासचिव भरतराज गौतमले लेखेको पत्रको पनि जिकिर गर्दै सांसदहरूले महाभियोगबारे स्पष्ट व्यवस्था नियमावलीमा नै गर्नुपर्ने माग गरेका थिए ।
सांसदहरूले महाअभियोग समिति गठन, महाअभियोगको समयावधि र संसद्को कार्यकाल सकिएको अवस्थामा अर्को संसद्मा महाभियोग प्रस्तावमाथि कारबाही हुने कि नहुने भन्ने विषय नियमावलीमा स्पष्टसँग राख्नुपर्ने धारणा राखेका थिए । महाभियोगको टुंगो नलागेको अवस्थामा संघीय संसद्का महासचिवलाई पत्र लेख्ने अधिकार दिने कि नदिने भन्ने विषय पनि नियमावलीमा व्यवस्था गर्नुपर्ने सांसदहरूको धारणा छ ।
समिति सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाअभियोगको सम्बन्धमा संविधान, नियमावली र संविधान बन्नुभन्दा अघिको ऐनमा व्यवस्था भएको उल्लेख गरेका थिए । उनले संविधान, नियमावली र ऐनमा भएको कुराहरूलाई हेर्दै र संविधानको मूल भावलाई हेरेर संसद् सचिवालयले ड्राफ्ट बनाउन आग्रह गरे । उनले वर्तमान नियमावलीको व्यवस्था र पछिल्लो पटक महाअभियोगको सम्बन्धमा आएको जटिलता हेरेर नियमावली मस्यौदा गर्न समिति सचिवालयलाई आग्रह गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद सोबिता गौतमले महाभियोग सिफारिस समिति गठन विषयगत समितिसँगै हुनुपर्ने बताएकी थिइन् । महाभियोग दर्ता भएको कति समयमा सदनमा पेस गर्नैपर्ने हो ? कति समयभित्र समितिले अनुसन्धान गरेर प्रतिवेदन बुझाउने हो ? भन्ने स्पष्टसँग उल्लेख गर्नुपर्ने उनको सुझाव थियो । कांग्रेस सांसद सीता गुरुङले यसअघिको नियमावलीमा महासचिवले महाभियोगसम्बन्धि पत्र लेख्ने कुरा कहाँ उल्लेख छ ? भनेर प्रश्न गरेकी थिइन् ।
सांसद अमरेशकुमार सिंहले महाअभियोग दर्ता भएको मितिले ३ महिनाभित्रमा नटुंगिए सो महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय हुनुपर्ने व्यवस्था नियमावलीमा राख्न सुझाव दिए । जाँचबुझ गर्न महाभियोग सिफारिस समितिलाई एक महिना मात्रै समय दिनुपर्ने उनको भनाइ थियो । एमाले सांसद महेश बर्तौलाले महाअभियोगसम्बन्धी सम्पूर्ण प्रक्रिया ३ महिनाभित्रमा पूरा गर्नुपर्ने र यदि त्यस्तो हुन नसकेमा महाअभियोग स्वतः निस्क्रिय हुने व्यवस्था राख्नुपर्ने कुराको समर्थन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार