सर्वोच्च र उच्चमा न्यायाधीश सिफारिस गर्न न्याय परिषदकाे बैठक बस्दै
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार १७:७:२४
२५ माघ, काठमाण्डौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नाम सिफारिसबारे छलफल गर्न न्याय परिषद्को बैठक बस्ने भएको छ । न्याय परिषद सचिवालय उच्च स्रोतले दिएको जानकारी अनुसार कुन मापदण्ड अपनाएर न्यायाधीशमा नाम सिफारिस गर्ने भन्नेबारे छलफका लागि बैठक बस्ने भएको हो । बुधबार बस्ने भनिएको बैठकको समय भने तोकिएको छैन् ।
अहिले सर्वोच्च अदालतमा ५ जना न्यायाधीशको पद खाली छ । यसअघि सिफारिस भएका तीन जनाको संसदीय सुनुवाइ हुन नपाएपछि सिफारिस भएकाहरुले नियुक्ति पाउन सकेका थिएनन् । उनीहरुको सिफारिस रद्ध भएपछि अहिले सर्वोच्चमा ५ जना न्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्ने छ । सर्वोच्चमा खाली रहेको ५ सीटका लागि २५ जनाको प्रतिस्पर्धा रहेको बताइएको छ । यसअघि जिल्ला र उच्चमा न्यायाधीश सिफारिसको मापदण्ड बनाइएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लागेकाले त्यस यता सर्वोच्च कामु प्रधानन्यायाधीशका भरमा चलिरहेको छ । महाअभियोग लागेका राणा पनि गत मंसिर अन्तिम साताबाट अवकाशमा गइसकेका छन् । उनीमाथि महाअभियोग लागेपछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएर काम चलाएका थिए । अहिले कामु प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की रहेका छन् । उनकै अध्यक्षतामा न्याय परिषद्को बैठक बस्दैछ ।
यतिबेला न्याय परिषद्को अध्यक्षमा हरिकृष्ण कार्की र सदस्यहरुमा कानुनमन्त्री ध्रुबबहादुर प्रधान, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,न्याय परिषद सदस्यद्वय रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ रहेका छन् । भण्डारीलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्मा ल्याएका थिए भने श्रेष्ठ नेपाल बारको कोटाबाट न्याय परिषद सदस्यमा नियुक्त भएका हुन् । यीनै पाँच सदस्यीय न्याय परिषद्ले सर्वोच्च र उच्च अदालतमा न्यायाधीशहरु सिफारिस गर्नेछ ।
उच्च अदालतमा ३२ जना न्यायाधीश पद रिक्त भएको बताइएको छ । यसअघि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका बेला सिफारिस भएका २७ जनाको पनि नियुक्त हुन सकेको थिएन । उनीहरुको सिफारिस पनि रद्ध भएको छ । अब बस्ने न्याय परिसद बैठकले उच्चमा रिक्त रहेका ३२ सीटमा न्यायाधीश सिफारिस गर्नुपर्छ ।
आजको बैठकमा पाँच सदस्यहरुले आफ्नो तहबाट न्यायाधीश बनाउनेहरुको नाम बैठकमा पेस गर्ने बताइएको छ । स्रोतका अनुसार कानुनमन्त्री प्रधानले मात्रै बैठकमा सर्वोच्च र उच्चमा गरी नौ जनाको नाम पेस गर्ने बुझिएको छ । सबैले पेस गरेका नामहरुमध्येबाट छानविन गरी न्यायाधीशका लागि नाम सिफारिस गरिनेछ । सर्वोच्चमा विभागबाट दुई र बाहिरबाट तीन जना सिफारिस हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पर्यो एमालेलाई जग्गादानसम्बन्धी रिटको पेशी
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार