पुष १० को सहमतिबारे उच्चस्तरीय संयन्त्रमा छलफल हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार १७:३६:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/Baluwatar-satta-gathabandhan-satta-sanyantra1673870892_AqECsJEMOw.jpg)
२५ माघ, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुष १० मा प्रधानमन्त्री बनाउदा भएका सहमति कार्यान्वयनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार बस्ने भएको छ । एमाले अध्यक्ष केपी ओली भेट्न ओली निवास बालकोट पुगेका प्रधानमन्त्री प्रचण्डले बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक राख्ने सहमति भएको बताएका छन् ।
संयन्त्रको बैठकमा सत्ता गठबन्धनका दलबीच भएको सहमति कार्यान्वायबारे विशेष छलफल हुनेछ । सोही बैठकमा सत्ता गठबन्धनको राष्ट्रपतिको साझा उम्मेदवारबारे छलफल हुने छ । साथै सरकारका काम कारवाही, न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद विस्तार र सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरी सरकारमा सहभागी गराउनेबारे पनि छलफल हुने बताइएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट गएका थिए । सोही भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले बताए । बालकोटबाट बाहिरिने क्रममा प्रचण्डले सहज ढंगले सरकारलाई अघि बढाउने लगायतका राजनीतिक विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गरिने बताए ।
राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत छैन । एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आए पनि प्रधानमन्त्री प्रचण्ड सहमत छैनन् । यही मतभेदका कारण सत्ता साझेदार दलबीच खटपट भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले आज ओलीसँग भेटवार्ता गरेका हुन् । हिजो पनि उनीहरुबीच बालुवाटारमा छलफल भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बैंकक प्रस्थान
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार