सर्वसाधारणका लागि साधारण मोलुङ हाइड्रोपावरको आईपीओ आउँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार १७:३२:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/Stock-IPO-01-Adobe_AeDEquQNj9.jpg)
२५ माघ, काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा २२ लाख ६४ हजार छ सय ५५ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन ‘आईपीओ’ को बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले जारी पुँजी रू ८० करोड २५ लाखको ३४ प्रतिशतको २७ लाख २८ हजार पाँच सय कित्ता शेयरमध्ये दुई लाख ७२ हजार आठ सय ५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र एक लाख ३६ हजार चार सय २५ कित्ता सामूहिक लगानी कोषलाई वितरण गरिसकेको छ । ५४ हजार पाँच सय ७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याइएको छ ।
बाँकी २२ लाख ६४ हजार छ सय ५५ कित्ता शेयरमा सर्वसाधारणलाई लगानी गर्न आह्वान गरिएको कम्पनीले जनाएको छ । निष्कासन गरिने शेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन १० सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे फागुन १८ सम्म न्यूनतम १० देखि अधिकतम आठ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिने छ ।
निष्कासित शेयरमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमा ‘मेरो शेयर’ प्रयोग खदिरको आवेदन दिन सकिने छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी’ प्रमाणपत्र प्रदान गरेको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल रहेको छ ।
कम्पनीले ओखलढुङ्गाको मोलुङ गाउँपालिकाको मोलुङ खोलामा सात मेगावाट क्षमताको मोलुङ खोला जलविद्युत् आयोजना निर्माण गरी २०७४ चैत १२ बाट विद्युत् उत्पादन गर्दै नेपाल विद्युत् प्राधिकरणलाई प्रवाह गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार