बाँफिकोटवासीको घर आँगनबाटै गाडी चढ्ने सपना पूरा
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार १७:५६:३८
२५ माघ, रुकुम । बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको सदरमुकाम रहेको मुसीकोट नगरपालिकाको छिमेकी पालिका हो । बाँफिकोटको अधिकांश वडामा सडक पुगेको छ । तर बाँफिको–१० मा भने बल्ल सडक पुगेको छ ।
“घर आँगनबाटै गाडी चढ्ने सपना पूरा हुने भएको छ”, स्थानीय ७७ वर्षीय विर्खे कामीले भने । भौगोलिक विकटताका कारण लामो समयसम्म सडक जोडिन नसकेको सानीभेरी गाउँपालिका र बाँफिकोटको भेरी पारिपट्टिको भूगोल पहिलो पटक सडक सञ्जालसित जोडिएको हो । बाँफिकोट–१० को गाराघाट र सानीभेरी गाउँपालिका–३ गरायलादेखि भेरी पारि पट्टीका विभिन्न ठाउँ सडक सञ्जालसित जोडिएका छन् ।
आर्थिक वर्ष २०६७÷६८ देखि सडक खन्ने योजना बनेको हो । आव २०७४÷७५ देखि सडक निर्माण थालिएको हो । चालु आवमा सानीभेरी–३ र बाँफिकोट–१० सडक सञ्जालसित जोड्न सकिएको बाँफिकोट–१० का वडाध्यक्ष हरि चन्दले बताए । गाराघाटबाट सानीभेरीको सिमाना मैदुलोटेसम्म करिब सात किलोमिटर सडकको ट्रयाक खोलिएको छ ।
सडक निर्माणमा हालसम्म रु एक करोड ८५ लाख खर्च भएको वडाध्यक्ष चन्दले बताए । केही ठाउँमा सडकको काम भइरहेको छ । सानीभेरी–३ पेदीबजार हुँदै मैदुलोटेसम्म करिब नौ किलोमिटर सडक निर्माण भएको छ । उक्त सडक निर्माण गर्न रु एक करोड ५० बढी बजेट खर्च लागेको गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले बताए तर सडक मर्मत भने हुन नसकेको उनको भनाइ छ ।
भेरीपारि सडक सञ्जालमा जोडिएसँगै बाँफिकोट र सानीभेरीका विभिन्न ठाउँमा पहिलो पटक ट्र्याक्टर, मोटरसाइकललगायतका सवारी साधन पुगेका छन् । नियमित सवारी साधन सञ्चालनका लागि केही ठाउँमा मर्मतको काम गर्नुपर्ने र त्यसका लागि बजेटको समेत व्यवस्था भइसकेको बाँफिकोट–१० का वडाध्यक्ष चन्दले बताए ।
नजिकै भएर पनि विकट ठाउँका रुपमा रहेका बस्ती सडक सञ्जालमा जोडिएको र अब त्यसको सुधार तथा थप बस्तीमा विस्तारका लागि प्रयास भइरहेको चन्दको भनाइ छ । उनका अनुसार एकता आधारभूत विद्यालय सेजेदेखि बालहित आधारभूत विद्यालयसम्मको चार किलोमिटर सडक निर्माणका लागि रु ५० लाख बजेट आएको छ ।
त्यस्तै मयारीदेखि भानुभक्त माविसम्मको डेढ किलोमिटर सडक निर्माणका लागि रु ३० लाख बजेट आएको छ । मुख्यरुपमा वडा सडक सञ्जालमा जोडिएपछि अब बस्ती बस्ती जोड्ने सडक प्राथमिकतामा रहेको वडाध्यक्ष चन्दले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार