उर्लाबारीमा ३९ करोडको लागतमा खानेपानी योजना विस्तार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार १८:२०:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/khanepani-e1656845621308_9cPTm67ICJ.jpg)
२५ माघ, उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा खानेपानी योजना विस्तार गरिँदै छ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले रु ३९ करोडको लागतमा उक्त योजना अगाडि बढाएको हो ।
सबै नागरिकसमक्ष शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यका साथ उर्लाबारी–८ र ९ मा बृहत् सहलगानी योजनाअन्तर्गत खानेपानी योजना विस्तार थालिएको खानेपानी संस्थानका अध्यक्ष चिन्तामणि पौडेलले बताए । उनी भन्छन, “उर्लाबारीमा खानेपानीको माग बढ्दो छ, मागलाई ध्यानमा राख्दै हाल ८ र ९ वडामा योजना विस्तार गरिरहेका छौँ, आगामी आर्थिक वर्षमा वडा नं २ मा ट्याङ्की निर्माण गर्छौं ।” सन् २०२७ सम्ममा उर्लाबारीका सबै वडामा खानेपानी विस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।
उर्लाबारी खानेपानी संस्थानले हाल वडा नं १, ३, ४, ५, ६ र ७ का साथै दमक–१० का केही भागमा खानेपानी वितरण गर्दै आएको छ । हाल उर्लाबारी ८ र ९ मा पाइप बिच्छ्याउने काम भइरहेको संस्थाले जनाएको छ । योजना विस्तारपछि वडा नं ८ र ९ का गरी २० हजारभन्दा बढी उपभोक्ता लाभान्वित हुनेछन् । विसं २०५२ मा उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी योजना अघि बढाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि २० प्रतिशत शेयर जारी गर्ने
फागुन ६, २०८१ मंगलबार
‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’
फागुन ४, २०८१ आइतबार
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार