दुबईमा घर किन्नु बलिउड स्टारका लागि शोख
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार १८:४३:१४
२५ माघ, मुम्बई । विश्वको सबैभन्दा धनी शहरमा पर्ने दुबईमा घर किन्नु बलिउड स्टारका लागि एउटा शोख नै हो । यो देश बलिउडलाई यति मनपरेको छ कि अधिकांश अभिनेता अभिनेत्रीले त्यहाँ घर नै किनेका छन् । दुबईका स्थानीय रियल स्टेट कारोबारीका अनुसार एक बिलासी जीवन बिताउनका लागि धनी भारतीय दुबईमा घर किन्न मन पराउँछन् ।
बलिउडका नाम चलेका कलाकारहरुले दुबईमा घर नै किनेका छन् । जसमा शाहरुख खानदेखि अनिल कपुरसम्म पर्छन् ।
शाहरुख खान
मुम्बईमा आलिशान मन्नत होस् या गाडीको संकलन, कुनै राजाभन्दा कम छैनन् शाहरुख । शाहरुखले दुबईको रेतीले समुन्द्र तट छेउमा एक घर किनेका छन् । मुम्बईको भागदौडको जिन्दगीबाट केही समय निकालेर उनी प्रायः यो घरमा आउँछन् ।
शिल्पा शेट्टी
अभिनेत्री शिल्पा शेट्टीको बुर्ज खलिफामा २ बीएचके घर थियो । यद्यपि उनले सन् २०१६ मा बेचिन् । उनले घर सानो भएका कारण बेच्नु परेको बताएकी थिइन् ।
ऐश्वर्या राय
ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनसँग दुबईमा एक शानदार घर छ, जहाँ हरेक सुविधा उपलब्ध छन् ।
अनिल कपुर
अभिनेता अनिल कपूरको पनि दुबईमा घर छ । उनी प्रायः कामबाट बिदा लिए पछि परिवारका साथ समय बिताउन दुबई पुग्छन् ।
जेबी भेन्चर्सका सहसंस्थापक विशाल गोयल दुबईमा घर किन्ने भारतीयमा पर्छन् । उनका अनुसार दुबई अन्तर्राष्ट्रिय आर्थिक केन्द्र बनिसकेको छ । फिनटेक इकोसिस्टमले कैयौं भारतीय युवा उद्यमीलाई दुबईले आकर्षित गरिरहेको छ ।
यसबाहेक दुबईका मानिसको जीवनशैली र अग्ला भवनले विश्वलाई आकर्षित गरिरहेको छ । यो सहरमा विश्वस्तीय सामाजिक आधारभूत ढाँचा छन् । जसकारण पनि बलिउड आकर्षित भइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार