नेपाल चिकित्सक संघको केन्द्रीय उपाध्यक्षमा बीरगञ्जका डा. सिंह दोब्बर मतले विजयी
![आबिद हुसेन](
https://nepalbahas.prixacdn.net/media/albums/aabid_hussia__essGOst6fZ.jpg
)
आबिद हुसेन
माघ २५, २०७९ बुधबार १८:५८:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/dr-madesha_1Ycx0DClGi.jpg)
२५ माघ, बीरगञ्ज । नेपाल चिकित्सक संघको केन्द्रीय उपाध्यक्षमा बीरगञ्जका वरिष्ठ चिकित्सक डा.निरज सिंह विजयी भएका छन् । प्रतिष्पर्धिलाई दोब्बर बढी मतले हराउँदै केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजकमा सिंह विजयी भएका हुन् ।
मंगलबार सार्वजनिक मत परिणाम अनुसार सिंहले ३ हजार ८१ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी रहेका डा. महेश महासेठले १ हजार ५ सय ७८ मत ल्याएका छन् । केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजकका लागि तीन जना प्रतिष्पर्धामा रहेका थिए । अर्का प्रतिष्पर्धी अजय कुमार मिश्रले १ हजार १२४ मत ल्याएका छन् ।
केन्द्रीय उपाध्यक्षमा निर्वाचित डा. सिंह लोकतान्त्रिक समूहको प्यानबाट उम्मेदवार बनेका थिए । संघमा एक जना सदस्य बाहेक लोकतान्त्रिकको प्यानल नै निर्वाचित भएको छ । बीरगञ्जको नारायणी अस्पतालमा कार्यरत सिंह वरिष्ठ फिजिसियन हुन् ।
नयाँ नेतृत्व चयनका लागि गएको माघ ६ र ७ गते उपत्यका बाहिर र १९, २० र २१ गते उपत्यका भित्र मतदान भएको थियो । उपाध्यक्षमा विजयी भएसँगै सिंहले चिकित्सकको हक हित र आफूहरुले चुनाबमा उठाएका एजेण्डा कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपरौतहटमा बिजुली काटेर स्कार्पियो गाडी चोरी
असार १४, २०८१ शुक्रबार
आईटी आर्मीका कार्यकर्ताहरूले श्रममन्त्रीको पुतला जलाए
असार १४, २०८१ शुक्रबार
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने
असार १४, २०८१ शुक्रबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
मेसिनबाट धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
असार १५, २०८१ शनिबार
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
असार १५, २०८१ शनिबार
युरोकपको नकआउटमा जर्मनी र डेनमार्क खेल्दै
असार १५, २०८१ शनिबार
शरीरलाई चलायमान नबनाए हुन सक्छ हृदयघात, मधुमेह र स्तन क्यान्सर जस्ता रोग !
असार १५, २०८१ शनिबार
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
असार १५, २०८१ शनिबार