सांसदहरुको मोबाइलमा राष्ट्रपति कार्यालयबाट रात्रीभोजको निम्तो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार २२:४२:४
![](https://nepalbahas.prixacdn.net/media/albums/z_p40-Broadening-1_VmKxvrbwow.jpg)
२५ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कार्यकाल सकिन लाग्दा बृहत भोजको आयोजना गर्न लागेकी छन् । माघ २८ गते दिनको ३ बजेदेखि राष्ट्रपतिको कार्यलय शीतलनिवासमा रात्रीभोजको आयोजना गरिएको छ । भोजमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सम्बद्ध र कर्मचारी संयन्त्रका उच्च अधिकारीहरुलाई निम्ता पठाइएको छ ।
राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा रात्रीभोजको आयोजना गर्ने खबर सांसदहरुका मोबाइल मोबाइलमा पुगेको छ । संघीय संसदका सांसदहरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएको बताइएको छ । राष्ट्रपतिले आयोजना गर्ने उक्त रात्रि भोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संबैधानिक निकायका उच्च अधिकारी, कुटनीतिक नियोगका पमुखहरु र उच्च सरकार कर्मचारीहरुको उपस्थित रहने बताइएको छ ।
आगमी २७ गते संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई संयुक्त सम्बोधन गरेको भोलीपल्ट राष्ट्रपति भण्डारीले रात्रीभोजको आयोजना गर्न लागेकी हुन । नेपालको संविधानले दुई पटकभन्दा राष्ट्रपति हुन नसक्ने जनाएपछि यसलाई बिदाई भोजको रुपमा हेरिएको छ । निर्वाचन आयोगले २५ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ । जसअनुसार मुलुकले राष्ट्रपतिमा तेस्रो नयाँ अनुहार पाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बैंकक प्रस्थान
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार