संवैधानिक अंगका प्रमुखविरुद्धको महाभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउन प्रस्ताव
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार २२:५४:५६
२५माघ, काठमाडौं । दलहरुले राष्ट्रपति, उपराष्ट्रपतिको ३ महिना र संवैधानिक निकायका प्रमुखमाथि लगाइएको महाअभियोग ५ महिनाभित्रमा टुंग्याउन प्रस्ताव भएकाे छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र टुंग्याउनुपर्ने प्रस्ताव गरेको हो ।
समितिको बुधबारको बैठकमा सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र र संवैधानिक प्रमुख वा सदस्य विरुद्धको महाभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउनु पर्ने प्रस्ताव गरेको हो । सचिवालयले समितिमा मंगलबार भएको छलफलको आधारमा खाका तयार पारेको हो । सचिवालयले बनाएको खाका समिति सदस्यहरुलाई वितरण गरिएको छ ।
यो विषयमा भोलि बस्ने बैठकमा छलफल हुने नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले सचिवालयले बनाएको प्रस्तावमा आज अध्ययन गरेर भोलि समिति बैठकमै छलफल गर्ने बताए । प्रतिनिधिसभाले आफ्नो काम व्यवस्थित गर्नका लागि माघ १० गते प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो । सबै दल र स्वतन्त्र सांसद समेतको संलग्नता रहेको समितिमा २१ सदस्य छन् । उनीहरुलाई १५ दिनको समय दिइएको छ ।
प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन अहिले छलफल भइरहेको छ । प्रतिनिधिसभामा रहेका सबै दलको प्रतिनिधि रहेको नियमावली मस्यौदा समितिले महाअभियोगलाई राजनीतिक हतियार बन्न नदिन यसलाई टुंगो लगाउनुपर्ने समय किटान गर्ने विषयमा छलफल गरेको थियो ।
यस क्रममा बुधबार राष्ट्रपति र उपराष्ट्रपतिको महाअभियोग ३ महिनाभित्र र प्रधानन्यायाधीश, न्यायपरिषद सदस्य र संवैधानिक निकायका पदाधिकारीविरुद्धको महाअभियोग ५ महिनाभित्र टुंगो लगाउनुपर्ने प्रस्ताव सदस्यहरुलाई वितरण गरिएको छ । यो प्रस्तावमा छलफल भने भोलीबाट हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार