बागबजारको तरकारी सङ्कलन केन्द्र बजेट अभावले निर्माण ठप्प
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार २३:३६:२८
२५ माघ, रुकुम । रुकुम पश्चिमका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाममा आउने तरकारी एकै ठाउँबाट सङ्कलन गरी बिक्री गर्न मुसिकोट नगरपालिका–५ बागबजारमा तरकारी सङ्कलन केन्द्र निर्माण गरियो । उक्त केन्द्रको भवन, स्थलगत संरचना र त्यहाँसम्म पुग्ने सडक तथा अन्य भौतिक संरचना निर्माण भैसकेका छन् तर सबै संरचना निर्माण भएको लामो समय भइसक्दा पनि अझै उक्त केन्द्र सञ्चालन हुन सकेको छैन ।
जनकपुर चुरोट कारखाना लिमिटेडको नाममा रहेको जग्गामा नगरपालिकाले एक वर्षअघि नै तरकारी सङ्कलन केन्द्र सञ्चालन गर्नेगरी भवन बनाएको हो । केन्द्र सञ्चालनका लागि बनाइएको भवनमा रु ५० लाख खर्च भैसकेको छ । आर्थिक वर्ष ०७५÷७६ देखि निर्माण सुरु गरिएको उक्त केन्द्र बजेट अभावका कारण दुई वर्षसम्म निर्माण ठप्प भएको थियो । त्यस वर्ष रु २२ लाखले सङ्कलन केन्द्रसम्म पुग्ने सडक निर्माणदेखि सङ्कलन केन्द्र निर्माणका लागि जमिन सम्याउने काम मात्र भएको थियो ।
नगरपालिकाको १२ लाख र कृषि विकास कार्यालयको रु १० लाख बजेटमा सङ्कलन केन्द्रसम्म पुग्ने सडक निर्माण र जमिन सम्याउने काम मात्र भएको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले बताए । आर्थिक वर्ष ०७७÷७८ मा नगरपालिकाबाट प्राप्त थप रु ३० लाख बजेटबाट केन्द्रका लागि भवन निर्माणको काम पूरा गरिएको थियो । त्यसका लागि नगरपालिकाले रु २० लाख र सहरी शासकीय आयोजनाअन्तर्गत कर्णाली प्रदेशमार्फत कृषि विकास कार्यालयले रु १० लाख व्यहोरेको थियो ।
उक्त केन्द्र सञ्चालन गर्नुपर्ने माग किसानले गर्दै आएका छन् । भौतिक संरचना निर्माण हुँदा पनि केन्द्र सञ्चालनमा नआउँदा किसानहरुले डोकोमै राखेर तरकारी बिक्री गर्न बाध्य भएको अगुवा किसान भीमबहादुर खत्रीले बताए । नगरपालिकाले भने केन्द्र सञ्चालनको तयारी भइरहेको बताएको छ । भौतिक संरचना निर्माण भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको उक्त केन्द्र सञ्चालनका लागि नगरपालिकाका उपप्रमुख विमलकुमार पुनको संयोजकत्वमा समिति निर्माण गरिएको छ ।
सङ्कलन केन्द्रसम्म पुग्ने सडक स्तरोन्नति गरेर केन्द्र सञ्चालनमा ल्याइने उपप्रमुख पुनको भनाइ थियो । सडक स्तरोन्नतिका लागि रु २५ लाख विनियोजन गरिएको उनले बताए। जिल्लामा तरकारी सङ्कलन केन्द्र नहँुदा आफूहरुले उत्पादन गरेको तरकारीले उचित बजार नपाएको किसानहरुको गुनासो थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार