सङ्कटमा मधेसका एफएम रेडियो

नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार १६:२९:२९

२६ माघ, जनकपुरधाम । विज्ञापन बजार र अन्य व्यवस्थापकीय समस्याका कारण मधेस प्रदेशमा सञ्चालिन एफएम रेडियो सङ्कटमा पर्दै गएका छन् । आमसञ्चार प्राधिकरण जनकपुरधामको तथ्याङ्कअनुसार हालसम्म १९ रेडियो बन्द अवस्थामा छन् ।
यही अवस्था रहे निकट भविष्यमा अन्य रेडियोले पनि सङ्कटको सामना गर्नुपर्ने अवस्था छ । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले १९ रेडियो बन्द भइसकेको र करिब २५ प्रतिशत रेडियोले तलब खुवाउन नसक्ने अवस्थाका कारण दक्ष जनशक्ति भित्र्याउन नसक्दा समाचार तथा कार्यक्रम नै दिन नसकेको बताए ।
“विज्ञापन बजार सीमित छ, स्थानीय सरकारले उपयुक्त कार्यविधि बनाउन नसक्दा समानुपातिक विज्ञापन वितरण गर्न सकेका छैनन्, यसले रेडियो बन्द हुँदै गएका छन्”, उनले भने, “अब व्यावसायिक तथा सामुदायिक रेडियोको व्यवस्थापन र सृदृढीकरणका लागि रेडियो सञ्चालक एवं सरकारले ठोस योजना बनाउनुपर्छ, अन्यथा बन्द हुने रेडियोको सङ्ख्या अझै थपिने छ ।”
रेडियो व्यवस्थापक सन्तोष कर्णले बजारको अवस्था विश्लेषण नै नगरी राज्यले सानो ठाउँमा धेरै रेडियोको अनुमति दिने तर पछि कसरी सञ्चालन भइरहेका छन् भनेर नहेर्ने गरेकाले समस्या निम्तिरहेको बताए । उनले सङ्घीयता आइसकेपछि प्रदेश सरकारले स्थानीय रेडियोलाई केही सहुलित दिने अपेक्षा गरेकामा उल्टै आफ्नै स्वामित्वमा रेडियो स्थापना गर्ने मनसाय राखेकामा दुःख व्यक्त गरे ।
“स्थानीयस्तरमा व्यापार व्यवसाय सङ्कटमा छ, धेरै रेडियोको ध्वनि टकरावका कारण सुनिदैन । सीमावर्ती भारतीय बजारको विज्ञापन आउन छोडिसक्यो”, कर्ण बताउछन, “भएका रेडियो पनि धौधौ चलिरहेका छन्, यस्तै रह्यो भने धेरै रेडियो बन्द हुनेछन् ।”
व्यवस्थापक रुपेश सिंहले सरकारी निकायबाट विज्ञापन नआउने र स्थानीय व्यापार व्यवसाय पनि नचलेका कारण विगतमा आउने विज्ञापन बन्द भइरहेकाले यहाँका रेडियोले सङ्कटको सामना गर्नुपरेको बताए। “मधेश सरकारको साथ पाएका छैनौँ”, उनले भने, “स्थानीय तह, प्रदेश सरकार र सरकारी निकायले उपयुक्त नीतिसहित हामीलाई सहयोग गर्नुपर्छ ।”
रेडियोकर्मी रामअशिष यादवले सानो ठाउँमा धेरै रेडियो हुँदा विज्ञापनकै लागि अस्वस्थ प्रतिस्पर्धा बढिरहेकाले सरकारी संयन्त्रले नै विज्ञापन दररेट निर्धारण गरिदिनुपर्ने बताए । उनले स्तरीय समाचार र कार्यक्रम दिनसके रेडियोप्रतिको भरोसा कायमै रहने धारणा राखे ।
आमसञ्चार प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्रकुमार सिंहले मधेस प्रदेशका व्यावसायिक तथा सामुदायिक रेडियोको समस्या समाधानका लागि आगामी बजेट तथा कार्यक्रममै समेट्ने गरी सुझाव सङ्कलनको काम भइरहेको जानकारी दिए । उनले समानुपातिक विज्ञापन वितरणका लागि सरकारबाट उचित रकम र विद्युत् महसुलमा सहुलियतका लागि प्राधिकरणले पहल गर्ने बताए ।
प्राधिकरणका अध्यक्ष यादवले पनि सरकारी तवरबाट हुने सहुलियतका लागि आफूहरूले पहल गर्ने र रेडियोले पनि बैंकमा जस्तै मर्जरमा जान बहस सुरु गर्न जरुरी रहेको सुझाव दिए । “रेडियो बन्द नै हुनु राम्रो होइन । समस्या समाधानका लागि प्राधिकरणले गम्भीरतापूर्वक पहलकदमी लिन्छ”, उनले भने ।
मधेस प्रदेशमा अहिले एक सयभन्दा बढी एफएम रेडियो छन् । त्यसमध्ये १९ बन्द अवस्थामा छन् । रौतहटमा पाँच, सप्तरीमा चार, महोत्तरी र सिरहामा तीन–तीन, पर्सामा दुई तथा बारा र सर्लाहीमा एक–एक एफएम रेडियो बन्द छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपठनपाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विद्यार्थीद्वारा विरोध
फागुन १४, २०८१ बुधबार
वरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान
फागुन १०, २०८१ शनिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार