नागरिक उन्मुक्तिका सुदूरपश्चिम सांसदलाई काठमाडौं नछाड्न रेशमको निर्देशन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार १७:४९:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/resham-chaudhary_FGbfN3kJQU.jpg)
२६ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश सांसदलाई बिहीबार काठमाडौं नछाड्न पार्टी संस्थापक रेशम चौधरीले निर्देशन दिएका छन् ।
एमालेबाट सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका राजेन्द्र सिंह रावलले आज दिउँसो १ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्र्यसूची छ । सोही कार्यसूचीमा रावललाई विफल तुल्याउने उद्देश्यले चौधरीले आफ्ना प्रदेश सांसदहरुलाई काठमाडौं नछाड्न बुधबार निर्देशन दिएका हुन् ।
नागरिक उन्मुक्तिसँग सुदुरुपश्चिम प्रदेशमा ७ सदस्य छन् । उनीहरू सबैजसाे थारू बाहुल्यता भएकाे कैलालीबाट निर्वाचित छन् । उनीहरु सबैलाई विशेष छलफलका लागि भन्दै चौधरीले सोमबार नै काठमाडौं बोलाएका हुन् । विश्वासको मतबारे रेशम पत्नी संघीय सांसद रञ्जिता चौधरीले जेलमै पुगेर रेशमसँग छलफल गरी निर्णय लिएर काठमाडाैंमै छिन् ।
सांसदहरु जिल्ला पुग्दा प्रलोभन वा कीर्ते हस्ताक्षरमा फस्ने जोखिम रहने भन्दै उनले यस्तो निर्देशन दिएको बुझिएको छ । नागरिक उन्मुक्ति पार्टी जेलभित्रबाट उनकै योजनामा गत वर्ष गठन भएको पार्टी हो । रेशम भने टिकापुर हत्या काण्डमा दोषी ठहर भई रेशम जेल सजायँ काटिरहेका छन् ।
जेलभित्र भएको छलफलमा पार्टीले उठाएको माग सम्बोधन हुने सम्भावना नदेखिएको भन्दै उनीहरुबीचको छलफलबाट मुख्यमन्त्रीमा रावललाई विश्वासको मत नदिने निर्णय निकालिएको थियो । रेशम लगायत टिकापुर घटनामा आरोपी सबै थारु नेताहरुको रिहाई र झुटा मुद्दा र त्यसमा लगाइएका तारेख खारेज गर्नुपर्ने माग पार्टीले राख्दै आएको छ । टिकापुर घटना राज्यले दाबी गरेजस्तो अपराधिक नभई अधिकारका लागि थारु समूदायले चलाएको राजनीतिक आन्दोलन भएको उनीहरुको दाबी छ । सोही अनुरुप यसलाई राजनीतिक रुपमै समाधान गरिनुपर्ने पार्टी अध्यक्ष श्रेष्ठले संघीय संसदमा बाम्बार आवाज उठाउँदै आइरहेकी छन् ।
नागरिक उन्मुक्तिले विश्वास मत नदिने बित्तिकै रावलको पद जाने निश्चित छ । पद गएको खण्डमा संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांगेसका संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । यसरी नियुक्त भएका मुख्यमन्त्रीले पनि नियुक्तिको ३० दिनभित्र प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुपर्ने बाध्यकारी व्यवस्था छ ।
मुख्य रावल पुष २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । सोही अनुसार रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो ।
प्रदेशसभामा १९ सांसद रहेको नेपाली कांग्रेसले भने आजको बैठकबाट रावलले विश्वासको मत पाउन नसक्ने र आजै नेपाली कांग्रेसको संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्तिको लागि आवश्यक तयारी गरेको बताइएको छ । प्रदेशसभामा जम्मा ५३ सांसद छन् । एकीकृत समाजवादीसँग ४ र स्वतन्त्रका १ सांसद छन् । कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र मात्र रावलको विपक्षमा छन् । मुख्यमन्त्री बन्न २७ सदस्यकाे समर्थन चाहिन्छ ।
यी ३ पार्टी मिल्दा पनि मुख्यमन्त्री नियुक्तका लागि आवश्यक संख्या भने पुग्दैन । यसकारण नागरिक उन्मुक्ति पार्टी नै प्रदेशमा सरकार गठनका लागि निर्णयक शक्ति बनेको छ । उसलाई रावलले प्रदेशसभा सभामुख दिने र मुख्यमन्त्रीमा रावललाई विश्वासको मत दिन गरिएको जोड पनि खेर जाने भएको छ ।
एमालेका मुख्यमन्त्री रावललाई मत दिलाउनेबारे सहमत गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिक उन्मुक्तिका अध्यक्ष श्रेष्ठलगायत नेतालाई बुधबार राति आफ्नो निवासमा बोलाएर गरेको छलफल पनि बिना निष्कर्ष टुगिएको थियो । त्यसपछि ओली थप तनाव बढेको बताइएको छ ।
पार्टीले उठाउँदै आइरहेको राजबन्दी रिहाईको माग सम्बोधान गर्नुको साटो १२ वर्ष पहिले ट्याक्टर जलाएको कसुरमा नागरिक उन्मुक्तिका संघीय सांसद अरुणकुमार चौधरीलाई गत हप्ता प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कैलाली कारागार पठाएपछि नागरिक उन्मुक्ति थप चिढिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी
फागुन २, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको छलफल
फागुन २, २०८१ शुक्रबार
कानुन बनाएर स्वर्गद्वारी गुठी किसानका समस्याको समाधान निकाल्क संसदीय समितिको निर्देशन
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
लाप्राकमा मकैको विहे, डोलीमा बोकी गाउँ परिक्रमा
फागुन २, २०८१ शुक्रबार
अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई विजयी
फागुन २, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
कमलपोखरीको मःम पसलमा ग्याँस विष्फोटबाट घाइते थप एकजनाको मृत्यु, मृतकको संख्या ३ पुग्यो
फागुन २, २०८१ शुक्रबार
विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ
फागुन २, २०८१ शुक्रबार
सात महिनामा भौतिक मन्त्रालयको खर्च ३० प्रतिशतभन्दा कम
फागुन २, २०८१ शुक्रबार
लाप्राकमा मकैको विहे, डोलीमा बोकी गाउँ परिक्रमा
फागुन २, २०८१ शुक्रबार
अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई विजयी
फागुन २, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
कमलपोखरीको मःम पसलमा ग्याँस विष्फोटबाट घाइते थप एकजनाको मृत्यु, मृतकको संख्या ३ पुग्यो
फागुन २, २०८१ शुक्रबार
विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ
फागुन २, २०८१ शुक्रबार
सात महिनामा भौतिक मन्त्रालयको खर्च ३० प्रतिशतभन्दा कम
फागुन २, २०८१ शुक्रबार
लाप्राकमा मकैको विहे, डोलीमा बोकी गाउँ परिक्रमा
फागुन २, २०८१ शुक्रबार
अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई विजयी
फागुन २, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
कमलपोखरीको मःम पसलमा ग्याँस विष्फोटबाट घाइते थप एकजनाको मृत्यु, मृतकको संख्या ३ पुग्यो
फागुन २, २०८१ शुक्रबार