सुदूरपश्चिम मुख्यमन्त्रीको पद जाने संभावना बढ्यो, बैठक ४ बजेलाई सारियो
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार १९:२८:४३
२६ माघ, धनगढी । सुदूरपश्चिम मुख्यमन्त्रीको पद जाने संभावना बढेको छ । यसअघि मुख्यमन्त्री नियुक्तिमा समर्थन पाएको नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री एमालेका राजेन्द्र सिंह रावललको पद जाने निश्चित प्रायः भएको हो ।
उनले पद जोगाउन प्रदेशसभा बैठकबाट विश्वासको मत लिने दिन आज अन्तिम हो । सोही प्रयोजनका लागि आज दिउँसो १ बजेका बोलाइएको प्रदेशसभा बैठक सारेर बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव देवबहादुर बाेगटीले सूचनामार्फत जानकारी दिएका छन् ।
केन्द्रीय निर्देशनबमोजिम नाउपा सातै जना प्रदेशसभा सदस्य काठमाडौंमा छन् । उनीहरूलाई बिहीबार काठमाडाैं नछाड्न पार्टीकाे निर्देशन छ ।
सरकार र सरकारमा रहेका ठूला दलहरुले पार्टीका संस्थापक रेशम चौधरी लगायत थारु नेताहरुको रिहाइसम्बन्धी दिएका आश्वसन झुठा सावित भएको जनाउँदै नाउपाले रावललाई विश्वासको मत नदिने निर्णयमा पुगेका छन् ।
पद जोगाउन सहमतिको सम्भावना खोजीका लागि बैठक सारिएको हो । सभामुख माओवादी केन्द्रबाट छन् । मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । उनले विश्वासको मत लिन नसकेमा स्वतः पदमुक्त हुन्छन् ।
त्यसपछि प्रदेशसभामा रहेका सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्नेसंवैधानिक व्यवस्था छ । उनले पनि नियुक्तिको ३० दिनभित्र प्रेदशसभा बैठकबाट विश्वासको मत लिनुपर्नेछ । त्यसबेला विश्वासको मत लिन नसके उनी पनि पदबाट स्वतः च्यूत हुनेछन् ।
५३ सदस्य रहेको यस प्रदेशमा माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका एक गरी २९ सदस्यको समर्थनमा रावल पुष २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए । अहिले नाउपाले मत नदिने भएपछि सत्ता समिकरणमा धक्का पुग्ने भएको छ ।
विपक्षमा रहेका नेपाली कांगेसका १९, एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ जोडदा पनि वैकल्पिक सरकार बन्ने संभावना छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार