ठोस राजनीतिक निर्णयबिनै सकियो माओवादीको स्थायी कमिटी बैठक
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार २१:४६:५८
२६ माघ, काठमाडौं । सत्ता नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक कुनै ठोस राजनीतिक निर्णयमा नपुगिकनै सकिएको छ । माघ १२ देखि २१ सम्म बसको स्थायी कमिटी बैठकले अहिले सत्ता गठबन्धनमा आएको खटपटबाट उत्पन्न राजनीतिक परिदृष्यलाई निकास दिने खालका राणनीति तयार गर्ने अनुमान लगाइएको थियो । तर, सत्ता विवादकै सेरोफेरोमा अल्झिएको स्थायी कमिटीले अबको सत्ता राजनीतिले कुन मोडलिन्छ भन्ने ठोस निर्णय लिन सकेन ।
केवल महाधिवेशनले गर्न नभ्याएको पार्टीमा नेताहरुको कार्यविभाजन, पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ । पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष नियुक्त गरी उपमहासचिव पम्फा भुसाललाई पनि उपाध्यक्षमा नियुक्त गर्दै माओवादीले वरीयता निर्धारण गरेको हो । स्थायी कमिटीले नेताहरुको वरीयता निर्धारणदेखि संगठन विस्तारको अभियान चलाउने सम्मका निर्णय लिएपनि यसले वर्तमान राजनीति पृष्ठभूमिमा खासै अर्थ राख्दैन ।
पार्टीमा अध्यक्ष पुषपकमल दाहाल प्रचण्डपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । तीन उपाध्यक्षहरुमा कृष्णबहादुर महरा पहिलो, सापकोटा दोस्रो र भुसाल तेस्रो वरियतामा छन् । त्यसपछि महासचिव देवप्रसाद गुरुङ छ । उपमहासचिवको वरियतामा क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादव अन्तिममा रहँदा ४५ सदस्यीय स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण सम्पन्न गरेको छ ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले राजनीति प्रतिवेदन पनि प्रस्तुत गरेका थिए । त्यसमा सांगाठनिक विषय, विचार मिल्नेसँग पार्टी एकताको प्रक्रिया एवं पार्टीको नाम र झण्डा समयअनुकुल बनाउने भन्नेमा नै बैठक बढि केन्द्रित भएको देखिन्छ । प्रचण्डले सरकारको समीकरणमा भएको असहजता र राष्ट्रियसहमतिबो वतावरणका लागि आगामी दिनमा खेल्नुपर्ने भूमिकाबारे राय मागेका थिए । यस विषयामा बैठक अनुत्रित छ ।
उल्टै बैठकले सरकारलाई प्राप्त भएको विश्वासको मतबाारे आश्चर्य प्रकट गरेको छ । प्रधानमन्त्री स्वयमले प्रधानमन्त्रीमा ९९.२५ प्रतिशत विश्वासको मत आउनु आश्चर्यजनक नतिजा भएको भनेका छन् जसले अहिले राजनीतिक परिवेशमा खासै अर्थ राख्दैन । उनले पार्टीको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको दस्तावेजमा नै ३२ सिट भएको दललाई यति धेरै विश्वासको मत आउनु आश्चर्यजनक भएको उल्लेख छ ।
प्रचण्डले भनेका छन्,‘.महत्वपूर्ण र हाम्रो लागि निकै सुखद् कुरा त के हो भने सदनमा ३२ सिट भएको हाम्रो पार्टीको नेतृत्वले प्रधानमन्त्रीलाई विश्वासको मतका क्रममा ९९.२५ प्रतिशत मत प्राप्त भई नेपालको संसदीय इतिहासकै असाधारण र आश्चर्यजनक नतिजा आयो ।’
तर, यो नतिजालाई कसरी बचाउन र शान्ति प्रक्रियादेखि परिवर्तनका हरेक एजेण्डालाई कसरी अगाडी लाने भन्ने ठोस विषय आएको छैन् ।
दस्तावेजमा प्रधानमन्त्री प्रचण्डले सरकारको समर्थनका दृष्टिले राष्ट्रिय सहमति देखिनु सुखद् अवसरमात्र नभएर ठूला पार्टीहरूबीचको आपसी अन्तरद्वन्द्वले सरकार सञ्चालनका लागि गम्भीर चुनौतीहरू रहेकोमा आफू सजग भएको पनि उल्लेख गरेका छन् । यता, यहि परिवेसमा सरकरा अगाडी जान नसक्ने स्थिति देखिदै गएको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय माओवादीकै लागि भारी बनिरहेका बेला प्रधानमन्त्री आफै संकटमा पर्नसक्ने देखिएको छ ।
९ दिन चलेको स्थायी कमिटीको निष्कर्ष छ विश्वासको मतले राष्ट्रिय सहमतिको आधार निमार्ण गर्ने । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएकाले राष्ट्रिय सहमतिको आधार बन्दै गएको निष्कर्ष निकालिएको भएपनि त्यो वातावरण कसरी बन्छ भन्ने कुरामा बै७क चुकेको छ । सरकारका तर्फबाट पेश गरिएको साझा न्यूनतम् कार्यक्रम, संसदमा सम्माननीय प्रधानमन्त्रीको पहिलो सम्वोधन र विश्वासको मत लिँदा गरिएको सम्वोधनले सरकार राष्ट्र, राष्ट्रियता, सुशासन, तिव्र आर्थिक विकास र समृद्धीप्रति प्रतिवद्ध छ भन्ने कुरा जनस्तरसम्म विश्वास पैदा हुदै गएको र विश्वासको मतसम्म आउँदा राष्ट्रिय सहमति बन्न सक्ने आधार तय भएको माओवादीको निष्कर्ष छ ।
बैठकम प्रचण्डले पार्टीको नाम र झण्डा फेर्ने विषय उठाएका थिए । यसमा पनि निणर्य आउन सकेकेो छैन । पार्टीको नाम फेर्दा के नाम राख्ने र झण्ड कस्तो बनाउने भन्ने विषयमा पनि स्थायी कमिटी अनिर्णत छ । प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए । जसलाई स्थायी कमिटीले अनुमोदन मात्र गरेको छ । प्रचण्डले प्रस्तावमा भनेका थिए, ‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ । यसबारे पार्टीले धारणना बनाओस ।’ तर, के गर्ने भन्ने सम्म आएको छैन ।
प्रस्तावमा प्रचण्डले विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्ताव अगाडि सारेका छन् । ‘मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै तत् सम्बन्धी नीति र विधिहरू तय गर्ने ।’ उनले प्रस्तावमा तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने भनेका थिए । त्यसको मोडालिटि के हो र कसरी बनाउने भन्नेमा पनि बैठक अलमलिएको छ ।
प्रचण्डले पार्टीका नेताहरूले आफ्नो हैसियत र जिम्मेवारी प्रचारका लागि प्रयोग गरेपनि पार्टीको परिणामका लागि काम नगरेको आरोप लगाएका छन् । ‘हालको संगठनात्मक अवस्था न सदस्यको स्पष्ट नाम र सब्ख्या छ न त दाबी गरेका प्रवेश गरेका विभिन्न कमरेडहरूको पद र तहहरूको स्पष्टता छ । बैठक बस्न गाह्रो छ,’ उनले भनेका छन्, ‘विषयमा छलफल र बहस गरी निष्कर्षमा पुग्न कठिन संरचना, हैसियतलाई प्रचारका लागि उपयोग गरे पनि परिणाममा नजोडिने, जनता र वर्गसँग सम्बन्ध नराख्ने, केन्द्रमुखी प्रवृत्तिको बाहुल्यता भएको अवस्था रहेको भने पनि सुधारका लागि प्रयास सम्म पनि आउन सकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुदाँ १४ जना घाइते
मंसिर ८, २०८१ शनिबार
चार महिनामा साढे चार खर्बभन्दा बढीको व्यापार घाटा
मंसिर ८, २०८१ शनिबार
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि !!!
मंसिर ८, २०८१ शनिबार