गुगललाई १ खर्ब डलरको नोक्सानी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार २१:५२:११
![](https://nepalbahas.prixacdn.net/media/albums/google_yqT3n9yxeo.jpg)
२६ माघ, काठमाडौं । गुगलले सार्वजनिक गरेको च्याटबट बार्डले गलत जवाफ दिँदा गुगलको शेयर मूल्यमा ठूलो क्षति पुगेको छ ।
गुगलको माउ कम्पनी अल्फाबेटको शेयर मुल्य ८ प्रतिशतले तल झर्दा कम्पनीको भ्यालु १ खर्ब डलर घटेको छ ।
बार्डले जस्तोसुक्कै जटिल प्रश्नको पनि जवाफ दिने दाबी गर्दै प्रचारप्रसारका लागि आयोजना गरिएको एक इभेन्टमै बार्डले गलत जवाफ दिएको थियो । बार्ड च्याट जीपीटीजस्तै आर्टिफिसिएल इन्टेलिजेन्स हो ।
म्स वेब टेलिस्कोपबाट सोधिएको घुमाउरो प्रश्नको बार्डले गलत जवाफ दिएको थियो । फ्रान्सको पेरिस युट्युबमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बार्डले गलत उत्तर दिएको समाचार रोयटर्सले सार्वजनिक गरे लगत्तै अल्फाबेटको शेयरमुल्य घट्न थालेको थियो ।
बार्डले जेम्स वेब टेलिस्कोपले पहिलोपल्ट पृथ्वीको सौर्यमण्डलबाहिरको तस्वीर खिचिएको जवाफ एिको थियो । जबकि भेरी लार्ज टेलिस्कोप भीएलटीले पहिलोपल्ट पृथ्वीको सौर्यमण्डलबाहिरको तस्वीर खिचेको थियो ।
माइक्रोसप्टले आफ्नो सर्च इञ्जिन बिङमा च्याट जीपीटी समावेश गरेपछि गुगलले आफ्नो आर्टिफिसिएल इन्टेलिजेन्स बार्डको प्रचारप्रसार सुरु गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ प्रधानमन्त्रीद्वारा 'एआई'को क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान
असार २०, २०८१ बिहिबार
लामो अध्ययनपछि नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार
असार १९, २०८१ बुधबार
माइक्रोसफ्टलाई उछिन्दै एनभिडिया संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्यो
असार ५, २०८१ बुधबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार