मुख्यमन्त्री रावलले मागे विश्वासको मत
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार २३:३:५६
२६ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशसभाको बैठकमा विश्वासको मत मागेका छन् । तोकिएभन्दा ३ घण्टा ढिला बिहीबार दिउँसो ४ बजे सुरु भएको बैठकमा उनले मुख्यमन्त्रीमा विश्वासको मत मागेका हुन् ।
उनलाई मुख्यमन्त्री नियुक्तिका बेला समर्थन पाएका नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत नदिने भएको छ । नागरिक उन्मुक्तिको उपस्थितिबिनै बैठक सुरु भएको छ ।
संवैधानिक व्यवस्था अनुसार रावलले विश्वासको मत लिने दिन आज अन्तिम दिन हो । उनले विश्वासको मत पाउन नसके उनी स्वतः पदमुक्त हुन्छन् । उनलाई पद जोगाउन २७ मत आवश्यक पर्छ ।
मुख्यमन्त्री नियुक्त हुँदा नागरिक उन्मुक्तिका ७ जनासहित २९ मत पाएका उनले आज भने नागरिक उन्मुक्तिको ७ मत नआउने निश्चित भएको छ । प्रदेश सभामा ५३ सदस्य छन् । नाउपाले विश्वासकाे मत लिने प्रस्तावकाे पक्ष वा विपक्ष कुनैकाे पक्ष नलिने अडान लिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार