मुख्यमन्त्री रावलकाे प्रस्ताव अस्वीकृत, एक महिनामै ढल्याे सुदूरपश्चिम प्रदेश सरकार
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार २३:२२:४५
२६ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले राखेको विश्वासको मत लिने सम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । बिहीबार बसेकाे प्रदेशसभा बैठकमा उनकाे प्रस्ताव बहुमतले अस्वीकृत भएकाे हाे ।
उनले बैठकमा विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमाथि विचार गरियोस् भनी राखेको प्रस्ताव बैठकमा उपस्थित बहुमत सदस्यहरुले हुन्न भन्ने पक्षमा मत दिएपछि अस्वीकृत भएको हो । योसँगै रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका छन् । उनी गएको पुष २७ मा ५३ मध्ये २९ सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थियो ।
उनको प्रस्ताव अस्वीकृत भएसँगै सुदूरपश्चिम प्रदेश सरकार एक महिनामै ढल्न पुगेको छ । नियुक्तिका बेला समर्थन गरेका नागरिक उन्मुक्ति पार्टीका सातै जना सदस्यहरु बैठकमा अनुपस्थित भएपछि उनी पदमुक्त भएका हुन् ।
ध्वनि मतको आधारमा सभामुखले प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार