सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त
नेपालबहस संवाददाता
माघ २६, २०७९ शुक्रबार ०:२०:४६
२६ माघ, धनगढी । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका थिए ।
गत मंसिर ४ मा सम्पन्न संघ र प्रदेशको चुनावपछि संघदेखि प्रदेशसम्मै नयाँ सत्ता गठबन्धन बनेका कारण सबैतिर विपक्षी कित्तामा पुगेको कांग्रेसलाई सुदूरपश्चिमबाट सत्तामा फर्किने पहिलो बाटो खुलेको हो ।
संविधानको धारा १६८ (३) मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन्’ भन्ने व्यवस्था छ । अब संविधानको यही प्रावधानअनुसार कांग्रेसको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।
एमालेका रावल उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनबाट मुख्यमन्त्री बनेका थिए । रावलले विश्वासको मत पाउन असफल भएपछि अब उपधारा (३) बमोजिम कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्नेछन् । सुदूरपश्चिममा १९ सांसदसहित कांग्रेस सबैभन्दा ठूलो दल छ । उनले पनि नियुक्ति भएको ३० दिनभित्र प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुपर्ने बाध्यकारी व्यवस्था छ । मुख्यमन्त्रीका लागि २७ मत आवश्यक पर्दछ । यसबमोजिम नियुक्त मुख्यमन्त्रीले पनि विश्वासको मत पाउन सकेनन् भने स्वत पदमुक्त हुन्छन् ।
त्यसपछि धारा ५ बमोजिम प्रदेशसभाका कुनैपनि सदस्यलाई सभामा बहुमत अर्थात विश्वासको मत पाउने आधार देखिएमा प्रदेश प्रमुखले त्यस्ता सदस्यलाई प्रदेश मुख्यमन्त्री नियुक्त गर्नेछन् । उनले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । उनले पनि विश्वासको मत पाउन नसकेको खण्डमा तिनै मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभा विघटन गरी ६ महिनाभित्र प्रदेशसभा चुनाव गराउने व्यवस्था छ ।
यसैबीच संसदको दोस्रो ठूलो दल एमाले साझेदार रहेको सत्ता गठबन्धनमा सुदूरपश्चिमबाट राजनीतिक धक्का सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार