अनुसन्धान प्रमुख ओझाको निर्देशनमा राजश्वको छापाः व्यवसायी आतंकित
नेपालबहस संवाददाता
माघ २६, २०७९ शुक्रबार ०:३८:४५
२६ माघ, विराटनगर । पछिल्ला दिनहरुमा राजश्व अनुसन्धान कार्यालय सुनसरीबाट विशेष सूचना भन्दै पसलदेखि गोदामसम्म नै पुगी राजश्व छलीको आशंकाकै भरमा छापा मारेर व्यवसायीलाई हतोत्साहित बनाउन थालेपछि राजश्वको छापा प्रकरण नै विवादित बन्न पुगेको छ ।
हिजो बुधवार माघ २५ गते विराटनगरको बाटारोडमा रहेको नारायणप्रसाद कोइरालाको घर भाडा लगाएको गोदाममा राजश्व अनुसन्धान सुनसरीका प्रमुुख अनुसन्धान अधिकृत खेम ओझाको निर्देशनमा छापामारी गरिएको छ । राजश्वले उक्त गोदाममा छापामारी गर्दा गोदाम खाली अवस्थामा रहेको र छापामारी गरी व्यवसायीलाई तर्साउने र असुली गर्ने नियत मात्रै राजश्वको देखिएको समाचार स्रोतले बतायो ।
यता ठुुलो परिमाणमा तस्कर समूहले अवैध बाटो प्रयोग गरी क्यारिङ्गमार्फत उक्त गोदामसम्म सामान ल्याएको भन्दै छापामारी गरेको कुरा राजश्व स्रोतले बताएको छ । तर उक्त गोदाममा कुनै सामान नै फेला पर्न नसकेपछि राजश्वको डण्डा चलाएर प्रमुख अनुसन्धान अधिकृत खेम ओझाको निर्देशन नै व्यवसायिक प्रतिष्ठानदेखि गोदामसम्म छापामारी गरेर व्यवसायिक वातावरण नै धमिल्याउने र आफनो निहीत स्वार्थ पुरा गर्ने उद्देश्य मात्रै भएको व्यवसायीहरु दावी गर्छन ।
विराटनगरको बाटारोडमा राजश्व प्रमुख ओझाको निर्देशनमा व्यवसायीको गोदामसम्मको छापामारी प्रकरणले सरकारले राजश्व अपचलन तथा चोरी निकासी सम्बन्धि अनुसन्धान गर्ने र मुद्दा चलाउन सक्ने अधिकारप्राप्त बैधानिक निकाय राजश्व अनुसन्धान समेत विवादित बन्न पुगेको छ । अहिले राजश्व सुनसरीले व्यवसायिक प्रतिष्ठानमा बिक्रीका लागि राखिएका सामानको बिल बिजक जारी भए नभएकोदेखि सामान आयात गर्दा भन्सार प्रज्ञापनपत्र भए नभएको अनुसन्धान गरी मुद्दा चलाउने अधिकारलाई समेत दुरुपयोग गरी राजश्व अनुसन्धान सुनसरीका प्रमुख ओझाले व्यवसायी तर्साउने काम सुरु गरेर व्यवसायी वातावरण बिगारेको आरोप व्यवसायीहरुले लगाएका छन् ।
उद्योगी शारदाको गहुँमा कालोबजारीः राजश्व अनुसन्धानसँग अवैध आयातको सेटिङ
कुनै व्यवसायी प्रतिष्ठानले चोरी पैठारी भएर आएका मालसामान बिक्रीबितरण गरेको पाइएमा त्यस्ता फर्ममा छापामारी कानुनी कार्यवाही गर्दै मुद्दासम्म हाल्ने अधिकार मात्र राजश्व अनुसन्धानलाई सरकारले दिएको छ । उक्त अधिकारको दुरुपयोग गरी अनुसन्धान प्रमुख भएर आएको छोटो अवधिमै प्रमुख ओझाले कमाउने अभियान नै थालेको दावी पनि गर्न थालिएको छ । उक्त घट्नापछि राजश्व अनुसन्धान सुनसरीमा कार्यरत अन्य कर्मचारी समेत प्रमुख ओझाको कार्यशैलीका बदनाम हुने त्रासका कारण धमाधम सरुवा माग्न थालेको राजश्व स्रोतले जानकारी दिएको छ ।
र याे पनिः छापा हान्दै असुल्दै राजश्व अनुसन्धान, उद्योगी व्यवसायी आतंकित
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार