आज राष्ट्रपतिको विशेष सम्बोधनः प्रचण्डले टेवल गर्ने, भण्डारीले वाचन
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार १३:०:९
२७ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने भएकी छन् । त्यसअघि राष्ट्रपतिले गर्ने सम्बोधनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टेबुल गर्ने कार्यक्रम रहेको छ । शुक्रबार अपरान्ह ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने छिन् ।
संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रपतिले गर्ने बिशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्ने र त्यसपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची छ । उनका अनुसार संसद सचिवालयले राष्ट्रपतिले आज गर्ने बिशेष सम्बोधनको तयारी बिहीबार नै सकिएको छ ।
नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन । संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ । सोही ब्यवस्था अनुसार राष्ट्रपति भण्डारीले आफनो दुई कार्यकाल सकिनु अघि बिशेष सम्वोधन गर्न लागेकी हुन ।
दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको आज हुने बिशेष सम्वोधनलाई बिदाई सम्बोधनको रुपमा हेरिएको छ । नेपालको संबिधानले एक ब्यक्ति दुई पटकभन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ, जसका कारण पुनः निर्वाचिन भएर आउन भण्डारीलाई संविधानले रोकिदिएको छ, यो उनको अन्तिम कार्यकाल हो ।
उता, निर्वाचन आयोगले पनि मुलुकको तेस्रो राष्ट्रपतिका लागि आगमी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तयारी सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।
दुई कार्यकालको जिम्मेवारी सम्माहालेकी राष्ट्रपति भण्डारीले शनिवार साँझका लागि रात्रिभोजको समेत आब्हान गरिसकेकी छिन । उक्त रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायधिस, मन्त्रीहरु, सुरक्षा निकायका तीनै प्रमुखहरू, मुख्यमन्त्री, सांसदहरु, संबैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरु, कुटनीतिक नियोगका अधिकारीहरुलाई निम्तो गइसकेको छ । उनी नेपालको पहिलो महिला राष्ट्रपतिको रुपमा नाम दर्ज गरेर २५ फागुनवाट औपचारिक रुपमा बिदा हुदैँछिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार