ख्वपमा खेलकुद सप्ताह सुरू
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार १६:३५:३७
२७ माघ, भक्तपुर । भक्तपुरको ख्वप कलेजमा खेलकुद सप्ताह २०७९ को सुरु भएको छ । ख्वप माविको २३औं, ख्वप कलेजको २१औं, शारदा क्याम्पसको ३२औं वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरु सुरू गरिएको हो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको समूह ख्वप सर्कलका उपाध्यक्ष तथा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले शुक्रबार प्रतियोगिताको उद्घाटन गरेकी हुन् । प्रतियोगिताको उद्घाटन सत्रमा छात्रा एक हजार मिटर र छात्रा तीन हजार मिटर दौड प्रतियोगिता सुरु भएको छ ।
वार्षिकोत्सवको अवसरमा बिहीबार चित्रकला प्रतियोगिता भएको थियो । प्रतियोगितामा कक्षा ८ देखि कक्षा १० समूहमा जेन्युइन इगलिश सेकेण्डरी स्कुलका जोहेन कायष्ठ प्रथम भएका थिए । कक्षा ११ र १२ को समूहमा भने सैनिक आवासीय महाविद्यालयका देमिन प्रजापति प्रथम भएका थिए ।
वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरु हुने क्रममा शुक्रबार नै छात्र र छात्रा व्याडमिन्टन हुनेछन् । टेबुलटेनिस छात्र र छात्रा, सटपुट छात्र र छात्रा, चेस छात्र र छात्रा तथा फुटसल छात्र शनिबारबाट सुरु हुने जनाइएको छ । साथै छात्रा फुटसल, भलिबल छात्र र छात्रा आइतबारबाट सुरु हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार