कर्णाली प्रवेशद्वारमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन हुने
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार १६:५७:१८
♦ हेमन्त केसी
२७ माघ, सुर्खेत । कर्णाली प्रदेशका प्रवेश गर्ने दुई नाकामा प्रविधिसहितको विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा सल्यानको कपुरकोट र सुर्खेतको हर्रेडाँडाबाट तथ्यांक व्यवस्थापन र प्रविधिसहित विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने तयारी गरेको हो।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले कर्णाली प्रदेशको उत्पादन आयत निर्यात तथ्यांक व्यवस्थापन तथा विषादी परीक्षण प्रयोगशाला तत्काल सञ्चालन गर्ने जानकारी दिएका हुन् ।
कपुरकोट तरकारी उत्पादनमा आत्मनिर्भर भए पनि भारतीय विषादी सहितको तरकारी रोक्न कपुरकोट र हर्रेडाँडामा विषादी परीक्षण प्रयोगशाला तत्काल सञ्चालन आउने बताए ।
कर्णाली प्रदेश कृषि उपजमा आत्मनिर्भर प्रदेश बनाउन गाउँ गाउँमा सडक सञ्जाल पुगेकाले सहज हुने बताए। अब सडक सञ्जालसँगै समूह सहकारीमा प्रदेश तथा स्थानीय सरकारले लगानी गर्ने वातावरण तयार पारे उत्पादन वृद्धि गर्ने उनको भनाइ छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार