हिरासत फोडेर फरार अभियुक्तमध्ये दुई जना अझै पक्राउ परेनन्

नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार १७:७:३७

२७ माघ, जनकपुर । धनुयाको महेन्द्रनगरस्थित ईलाका प्रहरी कार्यालयको हिरासत कक्षको भित्ता फोडेर फरार भएका ६ जना अभियुक्रमध्ये दुई जना अझै पक्राउ परेका छैनन् । उनीहरु फरार भएको ११ दिन बितिसक्दा समेत प्रहरीले पक्राउ गर्न नसकेको हो ।
यही माघ १५ गते राति हिरासतको भित्ता फोडेर ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये चार जना पक्राउ परिसकेका छन् । बाँकी क्षिरेश्वरनाथ नगरपालिका–२ का रोशन यादव र मिथिला नगरपालिका–६ का शंकर महतोलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
फरार यादव सार्वजनिक शान्ति सुरक्षाविरुद्धको अरोप र महतो हातहतियार तथा खरखजाना अभियोगमा अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा थिए । अभियोगमा यादवलाई माघ ४ गते र महतोलाई १३ गते पक्राउ गरिएको थियो ।
फरार विनोद शर्मा, हरिदीप सिंह, मित मण्डल, रोशनकुमार महतो भने विभिन्न स्थानबाट प्रहरीले पुनः पक्राउ गरिसकेको छ । फरार घटनाबारे छानबिन गर्न गठित मधेश प्रदेश प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक मनोज यादवको नेतृत्वमा र जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको नेतृत्व छानबिन समितिले काम गरिरहेको छ । संयोजक क्षेत्रीलाई सरुवा गरिएको छ । सदस्यहरुले प्रतिवेदन तयार पर्ने काम भइरहेको र छिट्टै नै मधेश प्रहरी प्रमुखलाई प्रतिवेदन बुझाउने तयारी भइरहेको बताएका छन् ।
छानबिनका क्रममा हिरासत कक्ष अधिकृत सहायक प्रहरी निरीक्षक (असई) अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको छ । त्यहाँ कार्यरत अन्य २६ जना प्रहरीलाई जिल्लामा तानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’ हुने
फागुन १३, २०८१ मंगलबार
ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
फागुन १२, २०८१ सोमबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार