उच्चस्तरीय राजनीतिक संयन्त्रमै देखियो विवाद, तीन दलका नेता नआएपछि सकियो बैठक
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार १७:३८:५५
२७ माघ, काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक कुनै ठोस निष्कर्षविना नै सकिएको छ । सरकार र सत्ता गठबन्धनमा देखिएको तिक्तता हटाउन बैठक डाकिएको थियो । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकमा प्रधानमन्त्री बनाउन समर्थन जनाएका तीन दलका प्रतिनिधि उपस्थित नै भएनन् ।
नागरिकता प्रकरणका कारण सरकारबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बैठकमा आएका थिए भने जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता अनुपस्थित रहे । यसले पनि उच्चस्तरीय राजनीतिक संयन्त्रमा विवाव कामयै रहेको देखाएको छ । जसपा सरकारमा सहभागि नै भएको छैन भने जनमत सहभागि भएर पनि प्रधानमन्त्री र संयन्त्रप्रति असन्तुष्ट छ । नागरिक उन्मुक्ति पार्टीको विवाद त सतहमा नै आइसकेको छ ।
प्रधानमन्त्रीसहित चार दलका नेता उपस्थित बैठकमा पछिल्लो राजनीतक घटनाक्रम, आसन्न राष्ट्रपति पदको निर्वाचनलगात विषयमा छलफल भएको बताइएको छ । रास्वपालाई पुनः सरकारमा सहभागी हुन आग्रह गरिएको थियो । प्रधानमन्त्रीले रास्वपालाई सरकारमा आउन नभने पनि एमाले अध्यक्ष ओलीले फेरी तपाइको पार्टी सरकारमा आउनुपर्छ भनेका थिए । बैठकमा सरकार बनेयताको परिस्थितिबारे समीक्षा भएको थियो ।
जसपाका अध्यक्ष उपेन्द्र यादव अहिले जनकपुरमा रहेपनि नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी काठमाडौंमै छन् । उनले शुत्रबार बिहान मात्र डिल्लीबजार कारागार पुगेर रेशम चौधरीसित भेट गरेकी थिइन् । जनमतका अध्यक्ष सीके राउत पनि उपत्यकाबाहिर छन् । मुख्य नेता नआउने अवस्थामा अर्को प्रतिनिधि नेता बैठकमा जाने प्रचलन छ । उनीहरुलाई तीन दिन अगाडाी नै खबर पठाइएको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका तीन दलका नेता बैठकमा सहभागी नहुनुको कारण पछिल्लो समयमा सत्ता गठबन्धनमा असन्तुष्टि देखिनु रहेको जसपाका एक नेताले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार